Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत १३४ पदमा उम्मेदवारी दर्ता आज

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 11, 2021
377Shares

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ ।

उनका अनुसार निर्वाचनको प्रक्रिया शनिबार बिहान सुरु हुनेछ । उनले भने “कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार उद्घाटनसत्र र बन्दसत्र सम्पन्न भएको छ । शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।” मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ताका लागि मङ्सिर २६ गते आइतबार दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उनले भने “आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।”

नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ । सभापति एक, उपसभापति दुुई, महामन्त्री दुुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने घिमिरेले बताए ।

त्यसैगरी १२१ जना केन्द्रीय सदस्य निर्वाचनबाट छानिने छन् । केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था काँग्रेसको विधानमा छ । सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि चार हजार ७४३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार ७७ जिल्ला, भ्रातृ सङ्गठन, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूबाट महाधिवेशन प्रतिनिधि छानिएर आएका हुन् । गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved