Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चर्चित नेताहरूले फरक–फरक प्यानल बनाई उम्मेदवारी दर्ता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 12, 2021
1.6KShares

काठमाडौं। पार्टीभित्र प्रभावशाली एवं चर्चित नेताहरूले फरक–फरक प्यानल बनाई उम्मेदवारी दर्ता गरेपछि नेपाली कांग्रेस महाधिवेशन रोचक मोडमा पुगेको छ । प्रमुख सत्ताधारी दलसमेत रहेको यो पार्टीको शुक्रबारदेखि शुरु भएको १४औं महाधिवेशन राजधानीमा जारी छ ।

शनिबार उम्मेदवारी दर्ताको कार्यातालिकाअनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा। शेखर कोइराला, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने गरी ६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीका रूपमा रहने उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीमा चर्चित नेताहरूले फरक–फरक प्यानलबाट उम्मेदवारी दर्ता गराएपछि कांग्रेस महाधिवेशन रोचक मोडमा पुगेको हो ।

प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको छ भने डा शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्। सोही प्यानलबाट महामन्त्रीमा गगन थापा र डा मीनेन्द्र रिजालले पनि उम्मेदवारी दिएका छन् । सभापति शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का तथा महामन्त्रीमा डा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिए ।

आफ्नो समूहमा एकमात्र साझा उम्मेदवार दिने प्रयास अन्तिम अवस्थासम्म पनि सफल हुन नसकेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दर्ता गर्दै भने– ‘कांग्रेसलाई बलियो बनाएर लैजान र आउँदो स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचन जिताउन मेरो उम्मेदवारी हो । नेतृत्वको कमजोरीका कारण अघिल्लो निर्वाचनमा १ सय ६५ सिटमध्ये कांग्रेस २३ सिटमा खुम्चनुपर्यो ।’ उनले देउवामाथि पार्टी पराजयको नैतिक जिम्मेवारी लिने आँटसमेत नगरेको आरोप लगाए।

उम्मेदवारी घोषणासम्बन्धी अवधारणसमेत जारी गर्दै सभापति आकांक्षीका नेता सिंहले भने– ‘आउँदो चैत महिनाभित्र हुने स्थानीय निर्वाचन र आगामी मंसिरभित्र हुने प्रदेश र संघीय निर्वाचनको तयारीलाई अघि बढाउँदै पार्टी संगठन परिचालनमा केन्द्रित हुन्छु ।’ जीवन्त पार्टीभित्र पदका लागि आन्तरिक प्रतिस्पर्धा हुनु सामान्य कुरा भएको बताउँदै सिंह प्यानलका महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन प्रतिनिधिलाई सभापतिमा सिंहलाई विजयी गराउन आग्रह गरेका थिए ।

सभापतिमा प्यानल हित उम्मेदवारी दर्ता गर्दै अर्का नेता डा शेखर कोइरालाले युवाहरूको जोस र बूढाहरूको होसका साथ कांग्रेसलाई सशक्त ढंगले अघि बढाउने भन्दै महाधिवेशन प्रतिनिधिका रूपमा आएका ५१ प्रतिशत युवाको साथ आफूलाई भएको बताए । आगामी तीन तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने प्रतिबद्धताका साथ डा कोइरालाले यो महाधिवेशनपछि कांग्रेसको सर्वमान्य र आधिकारिक टिम आफ्नै हुने दाबी पनि गरे ।

संस्थापनइतर पक्षबाट धेरै उम्मेदवार भएपछि पहिलो चरणमै जित हासिल गर्छु भनी हौसिएका शेरबहादुर देउवा गुटबाट विश्वप्रकाश शर्मा बाहिरिएपछि यो समूह सशंकित बनेको छ । पुनः नेतृत्व लिन उम्मेदवारी दर्ता गराएपछि देउवाले भने– ‘मैले जित्छु ।’ कांग्रेसलाई बलियो बनाउन आफूले फेरि उम्मेदवारी दिएको बताउँदै देउवाले आगामी तीन चरणको निर्वाचनमा कांग्रेसलाई जिताउने प्रतिबद्धता पनि व्यक्त गरे । देउवालाई समर्थन दिएका सिटौलाले देउवा प्यानलबाट आफ्नो समूहको नेता प्रदीप पौडेलले महामन्त्री र उमाकान्त चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिएको जानकारी दिए।

सभापतिसहित १३ पदाधिकारी निर्वाचित गर्नुपर्नेमा ३९ जनाको उम्मेदवारी परेको छ ।नेपाल समाचारपत्र दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved