सुदूरपश्चिममा गठबन्धनकातर्फबाट तीनै जना निर्वाचित

काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र कांग्रेस नारायण मिश्र विजयी भएका हुन् । एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्ट पराजित भए । बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र […]
सुदूरपश्चिम प्रदेशमा रास्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशमा रास्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले पहिलो मत दिएका हुन् । एमालेले महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टको उम्मेदवारी छ । नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी […]
राष्ट्रिय सभातर्फ रिक्त १९ पदमा आज निर्वाचन

काठमाडौं। राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा आज निर्वाचन हुँदैछ । ती पदमा ४३ जना उम्मेदवारको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर उत्रिएका छन् । उनीहरूले निर्वाचनका लागि पद बाँडफाँड गरिसकेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले भने सातै प्रदेशमा […]
वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने कुरा अमान्य : काँग्रेस महामन्त्री थापा

कठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएपछि महामन्त्री थापाले संविधान अनुसरण गरेर जानुपर्नेमा जोड दिए । ‘स्थानीय तहको सन्दर्भमा पाँच वर्षको अवधि हुने र स्थानीय तहको रिक्तता नहुने नहुने भन्ने कुराको संविधानमा स्पष्ट छ,’ उनले […]
राष्ट्रिय प्रजातन्त्र पार्टीले कुनैपनि हालतमा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था नहटाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कुनैपनि हालतमा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था नहटाउने भएको छ । आज पदाधिकारी बैठक बसी राप्रपाले निर्वाचन आयोगको पत्रको जवाफ समेत नदिई राजनीतिक र कानूनी उपचार खोज्ने निर्णय गरेको छ । राप्रपाले आयोगले राजनीतिक दबाबमा पत्र लेखेको निष्कर्ष निकालेको बुझिएको छ । उसले आयोगविरुद्ध अदालत जाने तयारी समेत गरेको छ । […]
ओली दम्पत्तिलाई कोरोना संक्रमणका कारण आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ । ओलीलाई संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित् गरिएको छ । ओलीले आज एक वक्तव्य जारी गर्ने भएका छन् । त्यसमा आफूलाई संक्रमण पुष्टि भएकोबारे पनि जानकारी दिईने जनाईएको छ […]
एमाले भात्रीसंगठन युवा संघमा समानान्तर कमिटी गठन गर्ने तयारी

काठमाडौं। नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ । पुस २८ र २९ गते पोखरा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्ष लगायतका पदाधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन् । युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका […]
पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै : एमालेका पोलिटब्यूरो सदस्य बाँस्कोटा

काभ्रे । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताएका छन् । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै उनले विश्वसनीयताको सङ्कटले पत्रकारिताको महत्त्व घट्दै गइरहेको बताए । उनले भने, ‘नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा […]
ऋषि धमलाजीले खोज्नुभयो भने मुख्यमन्त्री कहीँ न कहीँ भेटिनु होला : सांसद लक्ष्मणलाल कर्ण

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको केही एजेन्डा छ भने जनतालाई जानकारी दिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा के हो ? सरकारले के तयारी गरेको छ, बाहिर आएको छैन […]
काँग्रेसमा देउवालाई दबाब थप्दै इतर समुह

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ ।इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो । सो समूहबाट १४औं […]
