Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ऋषि धमलाजीले खोज्नुभयो भने मुख्यमन्त्री कहीँ न कहीँ भेटिनु होला : सांसद लक्ष्मणलाल कर्ण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 6, 2022
126 shares

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको केही एजेन्डा छ भने जनतालाई जानकारी दिनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा के हो ? सरकारले के तयारी गरेको छ, बाहिर आएको छैन ।

यसबारे त सर्वदलीय बैठक गर्नुपर्ने हो । देशको एजेन्डामा सबैसँग छलफल र सरसल्लाह लिनुपर्छ । प्रधानमन्त्रीले केही एजेन्डा छ भने जनतालाई जानकारी गराउनुपर्छ ।”
प्रधानमन्त्रीले कुनै सम्झौता गर्दा भोलि विरोध नहोस् भनेर सतर्क हुनुपर्ने उनको धारणा छ । उनले भने, “दुई देशका प्रधानमन्त्री भेट्नु सुखद कुरा हो । यसले सम्बन्धका रेखा कोर्छ । तर त्यहाँ कुनै निर्णय हुँदा नेपालको पक्षमा होस्, नेपालको स्वार्थमा होस् । कुनै सम्झौता गरेर आएर भोलि ठगियौँ भन्ने नपरोस्, विरोध नहोस् ।”

नेता कर्णले संसद् नचल्दा जनताका समस्या राख्न नपाएको पनि बताए । उनले थपे, “दुई चोटि संसद् पुनःस्थापना भयो, दुवै पटक संसद् चलेको छैन । अहिले हामी बोल्ने तपाईं मिडियाहरुसँग मात्र हो । जनता चारपाँच दिनअघि मलखादका लागि रोएका थिए, अब शीतलहरका लागि रोइरहेका छन् ।”

जनता शीतलहरले पीडित हुँदा राजनीतिक पार्टी, स्थानीय सरकार र प्रदेश सरकार कहाँ छन् भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “जनताको सबैभन्दा नजिक स्थानीय सरकार हुन्छन् । तिनले पीडितलाई तुरुन्त हेर्नुपर्छ, राहत दिनुपर्छ । अहिले जनताको जीवन रक्षा नै धर्म हो । प्रदेश सरकारले पनि न्यानो लुगा, तातो खाना, विपद्को व्यवस्थापनको पूर्वतयारी गर्नुपर्ने हो । तपाईंले खोज्नुभयो भने मुख्यमन्त्री पनि कहीँ न कहीँ भेटिनु होला ।”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बालबालिकामा बढ्दो स्क्रिन टाइमप्रति सरकारको ध्यानाकर्षण

  • September 21, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रक...

  • September 21, 2026

लेउ र लेदाे सहितकाे पानी बेच्दै “आक्वा हिल “

  • September 21, 2026

अर्थतन्त्र सुस्त भए पनि प्रगतिपथमा छ : अर्थसचिव उपाध्याय

  • September 21, 2026

भोटेकोशी–त्रिशूली विपद्पछि काम गर्न १५ सदस्यीय संसदीय विशेष सम...

  • September 21, 2026

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन ...

  • September 21, 2026

महासचिव पाेखरेललाई राेकेर ओलि आफैले चलाए बैठक

  • September 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved