Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने कुरा अमान्य : काँग्रेस महामन्त्री थापा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 24, 2022
6 shares

कठमाण्डौ ।  नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएपछि महामन्त्री थापाले संविधान अनुसरण गरेर जानुपर्नेमा जोड दिए ।

‘स्थानीय तहको सन्दर्भमा पाँच वर्षको अवधि हुने र स्थानीय तहको रिक्तता नहुने नहुने भन्ने कुराको संविधानमा स्पष्ट छ,’  उनले रातोपाटीसँग भने, ‘त्यो नै आजका दिनमा हामीले अनुसरण गर्ने बाटो हुनुपर्छ ।’ ​ कानुनको कुनै छिद्र देखाएर वैशाखको निर्वाचन सार्ने कोसिस गरिए दीर्घकालमा ठूलो क्षति पुग्ने उनको भनाइ छ ।

‘वैशाखको निर्वाचन सार्ने वा कानुनको कुनै छिद्र देखाएर हामीले आफ्ना तात्कालिक स्वार्थहरुलाई पुरा गर्ने कोसिस गरौं भने दीर्घकालमा ठूलो क्षति पुर्याउँछ,’महामन्त्री थापाले भने । काँग्रेसले यो बेलामा संविधानको मर्म अनुसार स्थानीय चुनाव तत्काल गरिहाल्नु पर्नेमा थापाको जोड छ ।
‘सत्तारुढ गठबन्धनमा वैशाखमा स्थानीय तहको चुनाव सार्ने खोजिएको कुरा मैले बाहिर सुनिरहेको छु,’ उनी भन्छन् ‘संविधान र कानुनले देखाएको बाटोभन्दा फरक निर्णय किन गर्ने भन्ने नेतृत्वले औचित्य पुष्टि गर्नुपर्छ ।’
महामन्त्री थापाले पार्टी नेतृत्वले संविधान र कानुनभन्दा फरक गएर गरेको निर्णय गरेर औचित्य पुष्टि गर्न खोजेपनि आफूलाई मान्य नहुने बताए । थापाले भने, ‘म मेरो पोजिसनमा छु । कसैले पुष्टि गरे पनि मान्दिनँ । यो मेरो कुरा भयो । म यो राखिराख्छु । त्यो कुरामा म रहन्छु ।’
यस्तै थापाले  स्थानीय तहको निर्वाचनका सन्दर्भमा तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने बताए ।  ‘पार्टीले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पोजिसन लिने हो भने तत्काल केन्द्रीय समितिको बैठकबाट छलफल गर्नुपर्यो नि ! जसबारे भोलि सिंगो पार्टीले उत्तर दिनुपर्छ । यो विषय पार्टीका दुई तीन जना नेता बसेर गरेर हुन्छ ?,’महामन्त्री थापाको प्रश्न छ ।सामाजिक दुरी कायम गरेर भएपनि तुरुन्त पार्टीको केन्द्रीय समिति बैठक बस्नुपर्ने थापाले बताए । ‘पदाधिकारी सदाधिकारी होइन । अब केन्द्रीय कमिटी बैठक बस्नुपर्छ । जस्तो अप्ठ्यारो परे पनि बैठक बस्नुपर्छ । सामाजिक दुरी कायम गरेर भएपनि तुरुन्त पार्टीको केन्द्रीय समिति बैठक बस्नुपर्छ,’ उनले भने, ‘केन्द्रीय समितिको बैठकमा यस विषयबारे छलफल हुनुपर्छ । भर्खर महाधिवेशनबाट आएका केन्द्रीय सदस्य साथीहरुले कुरा राख्न पाउनुपर्छ ।’
कोभिड–१९ लाई बहाना बनाएर केन्द्रीय समिति बैठक नराखि स्थानीय तहको चुनाव सार्ने निर्णय गरिए पार्टीले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताए । ‘अब कोभिड–१९का बीचमा नै बैठक राख्नुपर्ने अवस्था आयो । कोभिड छ बैठक बस्न सकिएन । बैठक बस्न नसकिएकाले गर्दा निर्णय गरियो भने पार्टीले धेरै ठूलो मूल्य चुकाउनुपर्छ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बालबालिकामा बढ्दो स्क्रिन टाइमप्रति सरकारको ध्यानाकर्षण

  • September 21, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रक...

  • September 21, 2026

लेउ र लेदाे सहितकाे पानी बेच्दै “आक्वा हिल “

  • September 21, 2026

अर्थतन्त्र सुस्त भए पनि प्रगतिपथमा छ : अर्थसचिव उपाध्याय

  • September 21, 2026

भोटेकोशी–त्रिशूली विपद्पछि काम गर्न १५ सदस्यीय संसदीय विशेष सम...

  • September 21, 2026

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन ...

  • September 21, 2026

महासचिव पाेखरेललाई राेकेर ओलि आफैले चलाए बैठक

  • September 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved