खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ मा बबेन्द्र राई ‘बबि’ निर्वाचित

काठमाडौं । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ४ मा बबेन्द्र राई ‘बबि’ विजयी भएका छन् । नेकपा एमालेका बबेन्द्र ७ सय ८ मतसहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडाध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार ११२ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार ३७४ मतसहित पराजित भए । बबेन्द्र वडाध्यक्षमा यसअघि पनि नेकपा माओवादी केन्दबाट उम्मेदवार थिए । तर, […]

कालीकोटको पलाता गाउँपालिका अध्यक्षमा माओवादी विजयी

काठमाडौं । कालीकोटको पलाता गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाया विजयी भएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अलै पूरा जैसी विजयी भएका छन् । यस पालिकामा अधिकांस वडा माओवादी केन्द्रले जित हासिल गरेको छ । तिलागुफा नगरपालिकामा प्रमुखमा कांग्रेसका शंकर उपाध्याय र उपप्रमुखमा एमालेका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।

खाँदबारीमा कांग्रेस मेयर, उपमेयर एमाले

काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका मेयरमा गठबन्धनका उम्मेदवार कांग्रेसका महेश थपलिया र उपमेयरमा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएका छन् । थपलियाले ८ हजार ३४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत प्राप्त गरे । बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याइन् । माओवादी केन्द्रका दिव्य बरालले […]

लिङ्देनको गृह वडामा राप्रपाको प्यानलै विजयी

काठमाडौं । झापाको हल्दिबारी १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्यानलै विजयी भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको गृह क्षेत्र हल्दिवारी गाउँपालिका १ मा राप्रपाका उम्मेदवार देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो । आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजय जुलुसमा सहभागी समेत भएका थिए । यस्तै, गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता […]

धनौजीमा २५ राउन्ड हवाई फायर

काठमाडौं । धनुषाको धनौजीमा मतगणनाका क्रममा विवाद भएको छ । झडपको अवस्था भएपछि प्रहरीले २५ राउन्ड हवाई फायरसमेत गरेको छ । भिड तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो । स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको हो । अहिले सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ । जिल्ला […]

१ सय १७ स्थानीय तहको नतिजा सार्वजनिक, (सूचीसहित)

काठमाडौं । देशभरका स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म देशभरका १ सय १७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये ४५ स्थानीय तहको नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । ४४ स्थानीय तहको नेतृत्व जितेको नेकपा एमाले दोस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्रले २४ स्थानीय तहमा विजयी हासिल गरेको […]

प्रधानमन्त्री मोदीको लुम्बिनीमा यस्तो छ भेटघाट तालिका

काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट सोमबार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । हेलिकप्टरबाट ओर्लिएपछि मोदीले एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरेका थिए । बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि लुम्बिनी आएका मोदी र प्रधानमन्त्री शेरबहादुर […]

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् ।भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट सोमबार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालयनजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागतका छन् । भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवा पत्नी डा. आरजु […]

खोटाङको केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा जसपा विजयी

खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार विजयी भएका छन् । नेकपा एकीकृत समाजवादीका उम्मेदवार माइतीराज राई र नेकपा एमालेका उम्मेद्वार कृष्णकुमार राईलाई पराजित गर्दे गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी भएका हुन् । पराजित कृष्ण कुमार राई निर्वतमान अध्यक्ष हुन् भने निर्वाचित समिर राई अघिल्लो निर्वाचनमा पराजित भएका थिए […]

७४ पालिकाको नतिजा सार्वजनिक, कसले कहाँ जित्यो ?

काठमाडौं । देशभरको स्थानीय तह निर्वाचनको मतरिणाम आउने क्रम जारी छ । अहिलेसम्म ७४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले ३४ र नेपाली कांग्रसले ३८ वटा पालिकाको प्रमुखमा जित हासिल गरेको छ ।यस्तै, नेकपा माओवादी केन्द्रले २६ र नेकपा एकीकृत समाजवादीले २ वटा पालिकाको प्रमुख जितेको छ । नेकपा […]