नेपालले गरे हर्कराज साम्पाङको प्रशंसा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा निर्वाचित हर्कराज राई साम्पाङजस्तो बन्न आग्रह गरेका छन् । मंगलबार हेटौंडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरानको मेयरमा निर्वाचित भएका साम्पाङको आफू प्रशंसक रहेको भन्दै उनीजस्तै बन्न आग्रह गरेका हुन् । ‘नमुना उम्मेदवारको रुपमा धरानको […]
विगतका अधुरा कामहरु पुरा गर्नेछु : रेनु

काठमाडौं । भरतपुर महानगरपालिकाकाका नवनिर्वाचित मेयर रेनु दाहालले विगतका अधुरा कामहरु र जनताले गरेका अपेक्षा पुरा गर्नका लागि लागिपर्ने बताएकी छन् । आफूलाई विजयी गराउने भरतपुरका सबै मतदाताप्रति धन्यवाद प्रकट गर्दै उनले जनउत्तरदायी भएर काम गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले भरतपुरलाई नमुना सहर बनाउने सङ्कल्पलाई पुरा गरिछाड्ने दृढता पनि जनाइन् । उनले आउने दिनमा […]
सिरहा गोलबजारको प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित

काठमाडौं । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका छन् । श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त […]
त्रियुगा नगरपालिकामा मतगणना सुरु

काठमाडौं । त्रियुगा नगरपालिकाको मतगणना मंगलबारबाटै सुरु हुने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलले १२ नं वडामा पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगले मतगणना गर्ने निर्णय गरेको हो । ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले भने, ‘त्यसको तयारी गर्दैछौं ।’ त्रियुगा–१२ मा विवाद भएसँगै […]
स्वतन्त्र उम्मेदवार बालेनले कटाए ५० हजार मत

काठमाडौ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिर्जना सिंहले ३० हजार ७ सय ७६ मत ल्याएकी छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३० हजार १५ मत ल्याएका छन् ।
ललितपुरमा ५९९८ मत गन्न बाँकी

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा पुःन चिरिबाबु महर्जन निर्वाचित हुने भएका छन् । ७९ हजार ८ सय ६३ मत गणना हुँदा चिरिबाबुले ३९ हजार २ सय ३२ मत ल्याएका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारले २३ हजार ४ सय ९२ मत पाएका छन् । उनीहरूबीचको मतान्तर १५ हजार ७ सय ४० छ । गन्न बाँकी मत […]
भरतपुरको मेयरमा रेनु दाहाल निर्वाचित

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका रेनु दाहाल विजय भएकी छन् । नेकपा एमालेका विजय सुबेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गर्दै रेनु विजयी बनेकी हुन् । केहिबेर अघि सकिएको मतगणना परिणाम अनुसार रेनुले ५२ हजार ३० मत ल्याएकी छन् । विजयले ३९ हजार ५ सय ८१ मत पाए । भरतपुर महानगरको निवर्तमान […]
सुन्दरी प्रतियोगितामा कडाइ गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिले सुन्दरी प्रतियोगितामा कडाइ गर्न निर्देशन दिएको छ । सुन्दरी प्रतियोगिता तथा मोडलिङका नाममा किशोरीमाथि यौन हिंसा हुने गरेको भन्दै संसदीय समितिले कडाइ गर्न भनेको हो । गृह मन्त्रालयका सचिवको उपस्थितीमा बसेको बैठकले त्यसखालका प्रतियोगिता नीतिगत स्पष्टता कायम गरेर मात्र गर्न दिन सरकारलाई निर्देशन दिएको छ । […]
पाण्डेलाई थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै यसअघि भिडियो सार्वजनिक गरेकी किशोरीले सोमबार जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढेको हो । उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले पहिलोपटक जिल्ला अदालतले ५ दिनको म्याद दिएको बताए […]
दिरुमनपा १५का नवनिर्वाचित पदाधिकारीहरुले सम्हाले जिम्मेवारी

खाेटाङ। बैशाख ३० गत्ते सम्पन्न स्थानिय निर्वाचनमा निर्वाचित दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका १५ का नवनिर्वाचित पदाधिकारीहरुले आज बाट सपथ सहित कार्यभार सम्हालेका छन्। खसेकाे कुल १२८२ मतबाट ६३० मत सहित नेपाली काँग्रेसबाट अध्यक्षका उमेदवार राम कट्वाल विजयी भएका थिए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका तर्फबाट अध्यक्षका उमेदवार फडिन्द्र खनालले ६०९ मत सहित पराजित भएका थिए। […]
