पाण्डेलाई थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै यसअघि भिडियो सार्वजनिक गरेकी किशोरीले सोमबार जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढेको हो । उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले पहिलोपटक जिल्ला अदालतले ५ दिनको म्याद दिएको बताए […]
दिरुमनपा १५का नवनिर्वाचित पदाधिकारीहरुले सम्हाले जिम्मेवारी

खाेटाङ। बैशाख ३० गत्ते सम्पन्न स्थानिय निर्वाचनमा निर्वाचित दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका १५ का नवनिर्वाचित पदाधिकारीहरुले आज बाट सपथ सहित कार्यभार सम्हालेका छन्। खसेकाे कुल १२८२ मतबाट ६३० मत सहित नेपाली काँग्रेसबाट अध्यक्षका उमेदवार राम कट्वाल विजयी भएका थिए भने उनका प्रतिद्वन्दी नेकपा एमालेका तर्फबाट अध्यक्षका उमेदवार फडिन्द्र खनालले ६०९ मत सहित पराजित भएका थिए। […]
अध्यक्ष ओलीसँग अध्यक्ष थापा असन्तुष्ट

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय तह निर्वाचनमा राप्रपा नेपालसँग भएको सहमति एमालेले पालना नगरेको थापाको भनाई छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमालेको उदासीनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको […]
सांसदद्वारा मूल्यवृद्धिको विरोध

काठमाडौं । सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरूले इन्धनमा भएको मूल्यवृद्धिको विरोध जनाएका छन् । पटक–पटक भएको मूल्यवृद्धिले जनता आक्रान्त भएको भन्दै सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले विरोध जनाएका हुन् । परमादेशबाट आएको सरकारले जनतालाई मूल्यवृद्धिको भार थपेको एमालेका भैरवसुन्दर श्रेष्ठले आरोप लगाए । भारतमा सर्वसाधारणको राहतका लागि इन्धनको मूल्य घटाइए पनि नेपालमा मूल्यवृद्धि गरिएको […]
बलात्कारका आरोपित मनोजलाई अदालतमा पेस गरिँदै

काठमाडौँ । सुन्दरी प्रतियोगिताका नाममा सहभागी युवतीमाथि यौन हिंसा‚ शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले अदालतमा पेस गर्न लागेको छ । मानव बेचबबिखन तथा ओसारपसार ऐन, २०७४ अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गर्नका लागि पाण्डेलाई अदालतमा पेस गर्न लागिएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिएका छन् । गृहसचिव पाण्डेले कपिलवस्तु घर भई काठमाडौंमा ग्लोबल मोडलिङका […]
भरतपुरका उम्मेदवार रेनुलाई १०३१४ मतको अग्रता

काठमाडौं । भरतपुर महानगरका मेयर उम्मेदवार रेनु दाहालले १० हजार ३ सय १४ मतको अग्रता लिएकी छन् । महानगरको १ लाख ११ हजार २ सय ७३ मतगणना हुँदा रेनुले ४४ हजार ७ सय १० पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ३४ हजार ३ सय ९६ मत पाएका छन् । यस्तै उपमेयरमा […]
अग्रता रफ्तारमा रेनु

काठमाडौँ । निरन्तर अग्रता दिँदै आएका भरतपुर महानगरका मेयर उम्मेदवार रेनु दाहालले अग्रता मत अझै बढाएका छन् । स्थानीय तह निर्वाचन अत्तर्गत चिनवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार रेनुले अग्रता मत झनै बढाएका हुन् । पछिल्लो मतपरिणाम अनुसार रेनुले ४४ हजार ३०५ पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी […]
वीरगञ्ज महानगरमा गठबन्धनको जित सुनिश्चित

काठमाडौं । वीरगञ्ज महानगरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का मेयरमा उम्मेदवार राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ । राजेशमान र इम्तियाज मतगणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेका छन् । वीरगञ्जमा १ लाख २४ हजार ६ सय ४७ मतदाता रहेकामा ९३ हजार ७ सय ८२ मत खसेको थियो […]
७२६ पालिकाको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने अन्तिम चरणमा छ । पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २६ वटा पालिकाको सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ । यसैगरी नेकपा एमाले दोस्रोमा छ । नेकपा माओवादी केन्द्र तेस्रोमा छ । कांग्रेसले ३ सय २० वटा पालिकाको प्रमुख पद जितेको […]
भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारको जित नजिक

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका रेनु दाहाल र उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित निश्चित जस्तै भएको हो । अब महानगरमा २१ हजार ६ सय १४ मत गन्न बाँकी छ । रेनु एमालेका विजय सुवेदीभन्दा ९ हजार […]
