Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१ नम्मर प्रदेशको नाम लिम्बुवान–किरात राख्न जसपाको माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 2, 2022
3 shares

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल प्रदेश १ संसदीय दलले प्रदेश १ को नाम लिम्बुवान किरात राख्न माग गरेको छ । यसअघि उक्त पार्टीले प्रदेश १ को नाम किरात–लिम्बुवान–शेपालुङ–मधेश राख्नुपर्ने बताउँदै आएको थियो । तर, आज प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उक्त पार्टीका सांसद रामचन्द्र लिम्बुले सबैसँग सहमतिमा जानुपर्ने भएको कारण प्रदेश १ को नाम लिम्बुवान किरात भए आफ्नो पार्टीलाई मान्य हुने बताए ।

‘जसपाले लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, तामाङशालीङ, नेवा, तमुवान र मगरात, खसान प्रदेश पनि मागेको हो । दक्षिणमा थरुहट प्रदेश पनि मागेको हो । तर, १ नम्बर प्रदेशभित्र मधेश, किरात, लिम्बुवान, शेपालुङ, कोच पनि यही पर्यो । सबैभन्दा धेरै लिम्बुवान र किरात प्रदेशको भूमि १ नम्बर प्रदेशमै पर्छ । त्यसो भएको कारण सबैभन्दा उपर्युक्त नाम लिम्बुवान–किरात हुन्छ भन्ने हामीलाई लागेको छ,’ उनले भने ।

उनले हिजो जनताको बीचमा भोट माग्न जाँदा लिम्बूसँग लिम्बुवान भन्ने, किरातमा जाँदा किरात दिन्छु र कोचमा जाँदा कोचिला प्रदेश दिने भन्ने अनि दिने बेलामा चुप लाग्ने भन्दै प्रश्न पनि गरेका छन् । ‘त्यसकै आधारमा भोट जित्ने अनि लिम्बुवानको नाम लिन कञ्जुस्याइँ गर्ने ? त्यस्तो हुन कदापि दिनेछैन,’ उनले भने, ‘यहाँ कोशी प्रदेशको कुरा आएको छ । कोशी नदिको वारिपारि कुनै सभ्यताको विकास भएको छैन । कोशी त भारतमा पुगेपछि मात्रै भन्छ । के भारतलाई दिन कोशी राख्ने हो ? मानव समुदायलाई चाहिने हो प्रदेश । नदीनालालाई चाहिएको होइन ।’ उनले दुई तिहाइको सरकार हुँदा नामाकरणको विषयमा केही कुरा नगरेर एमालेले ४ वर्षसम्म हलो अड्काएको आरोप लगाए ।

यता, नेपाली काँग्रेसका तर्फबाट विशेष समय लिएर बोल्दै सांसद लीला सुब्बाले प्रदेश १ को नाम राख्दा भइरहेको आन्दोलनलाई पनि ध्यान दिनुपर्नेमा जोड दिइन् । ‘प्रदेश १ को नामाकरणको विषयमा अप्ठेरो परिरहेको छ । पहिचान त छँदैछ तर, सबैले स्वीकार्य हुने खालको नाम हुनुपर्छ भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन्, ‘नेपाली काँग्रेसको पहिचान पनि भेटिने, जातीय द्वन्द्व पनि मेटिने भन्ने कुरा छ । बाहिर आन्दोलन भइरहेको कारण हामीले सोच्न बाध्य हुनुपर्छ । छलफल गरेर निचोडमा पुगौं ।’

उनले ओरालो लागेको मृगलाई हरिणले पनि खेद्छ भनेजस्तै धनकुटालाई हेपिएको गुनासो पनि गरिन् । धनकुटा जिल्ला अस्पतालमा दरबन्दी अनुसारको दक्ष जनशक्ति नहुँदा आइसियु चल्न नसकेको उनको गुनासो थियो । उनले धनकुटा प्रदेश १ को १४ जिल्लाकै केन्द्र हुँदाहुँदै पनि शक्ति र पहुँचको आधारमा राजधानी हुन नदिइएको गुनासो गरिन् ।

प्रदेशसभाको शून्य समयमा बोल्दै माओवादीका सांसद पूर्ण प्रसाद राजवंशीले ६ वटा प्रदेशको नाम राखिसक्दा प्रदेश १ ले नाम नपाउनुमा दुःख लागेको बताए । उनले झापा, मोरङ र सुनसरीमा आदिम कालदेखि नै आदिवासी कोच समुदायहरु रहेको दाबी गर्दै कोचिला राज्य हुनुपर्नेमा जोड दिए । ‘३ लाखको संख्यामा रहेका कोच समुदायको भावनालाई सम्बोधन गरेर कोचिला नामाकरण नगरे विद्रोहको संखघोष गर्न आएको छु,’ उनले भने, ‘झापा, मोरङ र सुनसरीलाई कोचिला राज्य पनि समेटियोस् ।’ माओवादी केन्द्रकै सांसद उमिता विश्वकर्माले पहिचानको आधारमा प्रदेश १ को नामाकरण हुनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved