Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गठबन्धन दुई दिनको पाहुना र ढोडको लौरो : अध्यक्ष ओली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 30, 2022
3 shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई गठबन्धनको उलामालामा नलाग्न आग्रह गरेका छन् ।  शनिबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धन दुई दिनको पाहुना र ढोडको लौरो भन्दै अदालत लोकतन्त्र र न्यायको पक्षमा हुनुपर्ने बताए ।

उनले भने, ‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो । यी ढोडका लौरोका भर परेर नचल्न म सबैलाई सुझाव दिन चाहान्छु ।’ उनले यदि देशको पक्षमा, लोकतन्त्रको पक्षमा र न्यायको पक्षमा कदम चाल्न पर्यो भने नेकपा एमालेले पनि कदम चाल्न सक्ने बताए । त्यसका लागि एमाले कदम चाल्न तयार रहेको उनको भनाई थियो । ओलीले गठबन्धनका नेताले कामु प्रधानन्यायाधीशको निवासमा गएर मुद्दा प्रभावित बनाएको संकेत पनि गरे ।

‘तपाईहरु देखिरहनुभएको छ, अखबार र अनलाइनहरुमा समाचार आइरहेका छन् । एकजना नेता कुदेर कामु प्रधानन्यायाधीश कहाँ गएर दुई घण्टा बसे र त्यहाँबाट ती नेता बाहिर निस्केर घरतिर लागे, श्रीमानजी अदालततिर जानुभयो’, ओलीले प्रश्न गर्दै भने, ‘के भइरहेको छ ? लेनदेन हुने गरेको छ अदालतमा । हामी हेर्न चाहन्छौ, विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौ सम्मानित अदालतबाट न्याय सम्पादन हुनुपर्दछ ।’अध्यक्ष ओलीले चेतावनीको शैलीमा अदालतलाई खुसामतमा नलाग्न पनि भने ।

‘कुनै खुशामत होइन, कुनै खासखुस र लेनदेन होइन । कुनै घासघुस, जसको चर्चा चल्ने गरेको छ । त्यही कुरा निरन्तर हुनुहुँदैन’, ओलीले अदालतकै न्यायाधीशहरूले अदालत बिग्रियो र भ्रष्ट भयो भनेको भन्दै भने, ‘अदालतका न्यायाधीशहरु भनिरहनुभएको छ, अदालत बिग्रियो, अदालत भ्रष्ट भयो,अदालत घुसिया भयो उहाँहरु भनिरहनुभएको छ । त्यसबाट मुक्त गर्न म श्रीमान न्यायाधीशहरूलाई आग्रह गर्न चाहान्छु, गठबन्धनको उलामालामा अदालत लाग्नु  हुँदैन ।’

अध्यक्ष ओलीले निर्वाचन पर सार्ने षड्यन्त्र भइरहेको भन्दै निर्वाचन सरे पनि २,४ महिना सार्ने तर निर्वाचनबाट भाग्ने ठाउँ सरकारलाई नरहेको बताए । ‘हामी संघीय निर्वाचन र प्रदेश निर्वाचनतिर अगाडि बढिरहेका छौं । यद्यपि अहिले निर्वाचनलाई अलि पर सार्ने षडयन्त्र भइरहेका सुनिएका छन्’,ओलीले भने, ‘तर जस्तासुकै षडयन्त्र भएपनि देशमा निर्वाचन हुनैपर्छ । बढ्तै सारे २,४ महिना सार्लान् । फेरि पनि निर्वाचनबाट उम्केर जाने ठाउँ छैन ।’ उनले लोकतन्त्रका लागि एमाले लड्नुपरेको भन्दै समयमै निर्वाचन गराउनका लागि दवाबमुलक कार्यक्रम गर्नुपर्ने अवस्था आउने बताए ।

उनले एमालेले चुनाव जित्ने तयारी गर्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै नेकपा एमाले विशेष अवस्थामा भएको र चारैतिरबाट घेरिएको भएपनि विशेष शक्तिका रुपमा प्रस्तुत हुनुपर्ने बताए । ‘चौतर्फी घेराबन्दी गरेर एमालेलाई कमजोर पार्न खोजेपनि घेराबन्दी गर्नेहरुलाई पराजय गरेर एमाले कमजोर छैन भन्ने पुष्टि गर्नुपर्छ । हाम्रो तयारी भनेको विजयको तयारी हो’, ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले २० वर्षमा अरुले गर्न नसकेका काम एमालेले गरेको दावी गर्दै नेपाली काँग्रेसले कुनै रचनात्मक काम नगरेको बताए ।  ‘२० वर्षमा अरूले गर्न नसकेका काम हामीले गरेका हौँ । नेपाली काँग्रेसले २१ वर्ष सम्म केहि नयाँ योजना र केही विचार ल्याउन सकेन’, ओलीले भने, ‘हाम्रो समृद्ध नेपाललाई हाँगो बटारेर काँग्रेसले समुन्नत नेपाल बनायो । सही कामको शत्रु हो काँग्रेस ।’

उनले गठबन्धनले देशको परिस्थिति जटिल बनाएको भन्दै गठबन्धनले अभिशाप नै भएको बताए ।  ‘गठबन्धन देशका लागि अभिशाप नै हो । लोकतन्त्र र राज्यका सबै दललाई कमजोर पारिरहेको छ । यो राष्ट्रिय ढिकुटीमाराको सरकार हो’
उनले बजेट बनाउँदा कमिसन खाएर करका दर परिवर्तन गरेको आरोप समेत लगाए ।  कमिशन खाएर व्यवसायीका एजेन्ट राखेर करका दर तोकेको भन्दै उनले त्यसबारे छानविन समिति बनाउँदा पनि स्वतन्त्र छानविन गर्न नदिएको आरोप लगाए । Ratopati.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved