Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

समृद्धि र विकासको एजेण्डा बोकेर चाैधरी गृह जिल्ला नवलपरमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 2, 2022
12 shares

काठमाडौं ।नेपाली काँग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरी गृहजिल्ला नवलपुरमा पार्टीको राजनीतिक कार्यक्रममा सक्रिय छन् । ‘समृद्धि र विकास’ को एजेण्डा बोकेर राजनीतिमा होमिएका चौधरी जिल्लामा पार्टीका स्थानीय कार्यक्रममा सक्रिय छन् । काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निर्णय लगत्तै गृहजिल्ला नवलपुर पुगेका उनी दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त भएका हुन् ।

गृह जिल्लामा चौधरीले पार्टीका नेता, कार्यकर्ताका साथै उद्यम गर्न इच्छुक युवाहरूसँग भेटघाट गरेका छन् भने उनीहरूलाई उद्यमशील बन्न आफूले सहयोग गर्ने बचनसमेत दिएका छन् ।

निरन्तर जिल्ला आवतजावत गर्दै आएका काँग्रेस नेता चौधरीले पार्टीको स्थानीय कमिटीका पदाधिकारीसँगै निर्वाचित जनप्रतिनिधिसँग नवलपुरको विकासका बारेमा छलफल गर्दै आएका छन् ।

उनले नवलपुरमा काँग्रेसको सांगठनिक अवस्था र पार्टीलाई बलियो बनाउन आवश्यक रणनीतिका बारेमा पनि छलफल चलाएका छन् । आइतबार कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरूसँग स्थानीय तह चुनावका बारेमा समीक्षा गरेका थिए । उनले पार्टी संगठनलाई बलियो बनाउन नेता कार्यकर्ताबीचको सम्बन्ध प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

उनले जिल्लाका अन्य नेता कार्यकर्तासँगै पार्टीका विभिन्न भ्रातृ संस्थाका पदाधिकारी र सदस्यहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन् । आसन्न संघीय निर्वाचनमा कांग्रेस नेता चौधरी नवलपुरबाट उम्मेदवार बन्ने चर्चा छ ।

उनले पार्टीलाई बलियो बनाउन स्थानीय तहबाटै संगठनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । ‘पार्टी संगठन बलियो बनाउन स्थानीय स्तरमा पार्टीले चाल्नुपर्ने कदमलगायतको विषयमा जिल्लाका साथीहरूसँग छलफल भयो’, केन्द्रीय सदस्य चौधरीले भने, ‘स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूसँग पनि यहाँको विकास निर्माणलगायतका विभिन्न विषयमा छलफल भयो ।’

नेता चौधरीले निर्वाचनमा उम्मेदवार बन्ने विषयमा पार्टीको निर्णय आफूलाई स्वीकार्य भएको बताउँदै भने, ‘चुनावमा उम्मेदवार बनाउने विषय पार्टीको कुरा हो तर आफू विकासका योजना र समृद्ध नवलपुरको योजना ल्याएको हुँ । नवलपुरको समृद्धितर्फ म सक्रिय भएर लाग्छु ।’

आइतबार जिल्ला समन्वय समिति नवलपुर समेत पुगेका चौधरीले जिल्लाको समग्र विकासका लागि आफूले ल्याएको नमुना नवलपुर विकासको अवधारणालाई साकार पार्न समन्वय समितिको भूमिका महत्त्वपूर्ण हुने बताए ।

उनले आफूले अगाडि सारेको नमुना नवलपुरको विकास अवधारणालाई समन्वय समितिले योजनामा राखेर कार्यान्वयनमा सहयोग गर्न समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मालाई आग्रह गरे । समन्वय समितिका प्रमुख विश्वकर्माले विनोद चौधरीले ल्याएको नवलपुर समृद्धिको योजनालाई अगाडि सार्न आफूहरू तयार रहेको बताए । राताेपाटी बाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved