Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओलि निकट राविरले किन पाएनन् टिकट?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 12, 2022
0 shares

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको मनोपोलिविद्धरु निरन्तर बोल्दै आएका नेकपा एमालेका नेता रामवीर मानन्धरले यसपटक प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएनन् ।

आफ्नो आलोचना गर्दै आएका नेताहरूविरुद्ध ओलीले एक–एक गर्दै प्रहार गर्दा भीम रावल, धनश्याम भुसालहरुकै लाइनमा रामवीर पनि परेका हुन् ।आफ्नो आलोचना गरेकै कारण ओलीले निरन्तर काठमाडौं–७ बाट निर्वाचन जित्दै आएका रामवीरको टिकट खोसे । तर, रामवीर ‘बागी’को रुपमा एक्लै चुनावी मैदानमा उत्रेका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्तापछि रामवीरले जनता र कार्यकर्ताको भावनाको कदर गर्दै आफूले उम्मेदवारी दिएको प्रतिकृया दिएका छन् ।

काठमाडौं–७ मा एमालेले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेन्द्र श्रेष्ठलाई समर्थन गरेको छ । सत्तारुढ गठबन्धन छोडेर एमालेसँग तालमेल गर्न पुगेको जसपाले काठमाडौं–७ पाएको छ ।

यत्ता, सत्तारुढ गठबन्धनले भने नेपाल समाजवादी पार्टी नेपालका नेता मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ । मानुषी गठबन्धनका उम्मेदवार हुन् ।                                                                                                                                                  काठमाडौ–७ जसपाका लागि राम्रो ठाउँ मानिन्न । तर, पनि तालमेलका क्रममा राजेन्द्रलाई व्यवस्थापन गर्न जसपाले एमालेसँग काठमाडौं–७ मागेको हो । यो क्षेत्र एमालेको धेरै राम्रो क्षेत्र मानिन्छ । जनतासँग निरन्तर सम्बन्धमा रहेर काम गरेका एमाले नेता हुन्, रामवीर । तर, यसपटक रामवीर ‘बागी’ उम्मेदवार बनेका छन् ।

रामवीरको उपस्थितिमा एमालेको भोट जसपालाई नजाने सम्भावना रहन्छ । रामवीरको उम्मेदवारीले एमालेकै भोट काटिने सम्भावना रहन्छ । यस्तो अवस्थामा राजेन्द्रलाई जित्न निक्कै मुस्किल देखिन्छ ।

रामवीरले एमालेको भोट काट्दा राजेन्द्र निर्वाचित नहुने सम्भावना रहन्छ भने गठबन्धनका उम्मेदवार मानुषी विजयी हुने सम्भावना रहेको विश्लेषण हुन थालेको हो ।

रामवीरले उम्मेदवारी फिर्ता लेलान् ?
रामवीरको गतिविधि हेर्दा पार्टीले उम्मेदवारी फिर्ता गर्न निर्देशन दिए पनि पछि हट्ने अवस्था देखिन्न ।

स्थानीय तह निर्वाचनमा पनि रामवीर पार्टीको निर्णयविरुद्ध लागेका थिए । पार्टीका उम्मेदवार केशव स्थापित विरुद्ध लागेका रामवीर पार्टीले कारवाही नै गरे पनि पछि हट्ने अवस्था देखिन्न ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved