Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘बागी’ उठेका उम्मेदवार धर्मराज पोखरेल कांग्रेसबाट निष्कासित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 12, 2022
3 shares

केदार लाफा, खोटाङ ।  आगामी मंसिर–४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध खोटाङ प्रदेश सभा ‘क’मा बागी उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेल कारबाहीमा परेका छन्।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यतालिकाअनुसार असोज–२६ गते दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएपछि पोखरेल कांग्रेसबाट स्वतः निलम्बित भएका हुन्।

कांग्रेसले सार्वजनिक गरेको निर्देशनअनुसार पार्टीको निर्णयविना वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका पोखरेलले फिर्ता नलिएपछि कारबाहीमा पर्नुभएको कांग्रेसका प्रदेश नं. १ का महामन्त्री भूपेन्द्रकुमार राईले जानकारी दिए।

‘पार्टीको विधानअनुसार धर्मराज पोखरेल आजबाट स्वतः कारबाहीमा पर्नुभयो,’ वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा ‘ख’का उम्मेदवारसमेत रहेका राईले भने, ‘अब उहाँ कांग्रेस रहनुभएन। पार्टीको निर्देशनविपरीत जानेबित्तिकै उहाँ स्वतः स्वतन्त्र हुनुभयो। कुनै कारबाही गरिरहनुपर्दैन।’

सत्तागठबन्धनमा आबद्ध तीन राजनीतिक दलले खोटाङ कांग्रेसलाई टिकट बागबन्डामा अन्याय गरेको भन्दै पोखरेलले गठबन्धनकै विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।

कांग्रेसको विधानअनुसार बागी उम्मेदवार दिएका र उनको प्रस्तावक तथा समर्थक बसेकालाई समेत आगामी पाँच वर्षका लागि साधरण सदस्यसमेत नरहने गरी कारबाही हुने व्यवस्था उल्लेख छ।

वाम–लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा ‘क’मा नेकपा (एकीकृत समाजवादी) का १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राईले उम्मेदवारी दिएका छन्। प्रदेश सभा ‘क’मा पोखरेलको बागी उम्मेदवारी कायम रहेपछि चुनावी गठबन्धन गरेका राजनीतिक दलमा आशंका पैदा भएको छ।

यसैगरी, वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध बागी उम्मेदवारी दर्ता गर्नुभएका प्रतिनिधिसभाको उम्मेदवार पूर्वराज्यमन्त्री सर्वधन राई र प्रदेश सभा ‘क’ का उम्मेदवार सुवास पोखरेलले आ–आफ्नो उम्मेदवारी फिर्ता लिँदै गठबन्धनलाई सहयोग गर्ने बताएका छन्।

यसअघि कांग्रेसले आसोज–२५ गते नै एक विज्ञप्ति जारी गर्दै बागी उमेदवारले आफ्नो उम्मेदवारी फिर्ता नगरे स्वतः कारबाही हुने जनाएको थियो। सत्तागठबन्धनमा आबद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच खोटाङमा चुनावी तालमेल भएको छ।

प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं १ नं. प्रदेशका खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ तथा प्रदेश सभा ‘क’मा १ नं. प्रदेश समन्वय समिति संयोजक वीरबलकाजी राई र प्रदेश सभा ‘ख’मा नेपाली कांग्रेसका १ नं. प्रदेशका महामन्त्री भूपेन्द्रकुमार राईले चुनावी गठबन्धनबाट संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

उता, नेकपा एमालेले प्रतिनिधिसभा सदस्यका लागि पोलिटब्युरो सदस्य विशाल भट्टराई तथा प्रदेश सभा ‘क’मा प्रदेश सदस्य पाँचकर्ण राई ‘पिके’ र प्रदेश सभा ‘ख’मा जिल्ला अध्यक्ष रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुईजना सांसदका लागि निर्वाचन हुने जिल्लामा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

यस्तै, जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट केन्द्रीय सदस्य प्रतिनिधिसभाका लागि डाक्टर कृष्णकुमार राई ‘केके’ तथा प्रदेश सभा ‘क’का लागि केन्द्रीय राकेश राई र प्रदेश सभा ‘ख’का लागि प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्। केन्द्रमा नेकपा एमालेसँग तालमेल गरेको जसपाले जिल्लामा एक्लै उम्मेदवारी दिएको हो।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेदवारी दिएको छ। राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो।

प्रदेश सभा ‘क’ र प्रदेश सभा ‘ख’का लागि उम्मेदवारको नामावली पठाइए पनि अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराइएको राप्रपाले जनाएको छ। सडक दुर्घटनामा ज्यान गुमाउनुभएका पूर्वजिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको छोरा सर्जुलाई सहानुभूतिको मत आउने राप्रपाको अनुमान छ।

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेश सभा ‘क’मा केशव राई र प्रदेश सभा ‘ख’मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन्।

मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेश सभा ‘क’मा प्रयाग राई र प्रदेश सभा ‘ख’मा विमला राईले उम्मेदवारी दिएका छन्।

आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईले प्रदेश सभा ‘ख’मा उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, प्रतिनिधिसभा सदस्यका लागि जयन्द्रकुमार राई तथा प्रदेश सभा ‘ख’का लागि कुमारप्रसाद भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन्।

१० स्थानीय तह रहेको जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभा ‘क’मा आठ-आठ तथा प्रदेश सभा ‘ख’मा ६ जना गरी २६ जना नेताको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले जानकारी दिए। उम्मेदवारी कायम रहेका नेताहरूलाई चुनावचिह्नसमेत वितरण गरिएको मुख्य निर्वाचन अधिकृत पुरीले बताए।  nayapatrikadaily.com बाट सभार गरिएको

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved