Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्री प्राप्तिकालागि माओवादी सांसदहरुकाे हस्ताक्षर संकलन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 24, 2022
6 shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सांसदहरूको हस्ताक्षर संकलन गरेको छ । माओवादी केन्द्रका एक सांसदका अनुसार पुस ७ मा बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने क्रममा पेस गर्नका लागि हस्ताक्षर संकलन गरिएको हो ।

सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी लगायत विभिन्न काममा प्रयोग गर्नका लागि भनेर संसदीय दलको बैठकमा हस्ताक्षर संकलन गरिएको बताइएको छ । उक्त बैठकमा अनुपस्थित सांसदहरूको शनिबार बिहानसम्म हस्ताक्षर लिइसकिएको बताइएको छ । हस्ताक्षर संकलन कार्यमा संलग्न एक सांसदले सबै सांसदहरूको हस्ताक्षर लिइसकिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धनबाट पहिलो कार्यकाल प्रधानमन्त्री आफू बन्नुपर्ने दाबी गरिरहेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफू नै प्रधानमन्त्रीमा निरन्तर रहन चाहेका छन् ।

दुवै नेताबीच शुक्रबार बेलुका छलफल भएको थियो । देउवा, प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धनका नेताहरूबीच शनिबार पनि बैठक बस्न लागेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिसकेकी छन् ।

निर्वाचन सम्पन्न भएपश्चात नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको एक साताको समय सकिन एक दिन बाँकी छ । दलहरूबीच सरकार गठनका लागि शक्ति बाँडफाँडमा सहमति भने जुट्न सकेको छैन ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्वपूर्ण पदहरुको गठबन्धन दलहरूबीच भागवण्डा मिल्न नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न नसकेको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved