काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै ३ उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् । नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने गरी गठबन्धनको छलफल ससंद भवनमा चलिरहेको छ ।
एमालेका पौडेल उप–प्रधानमन्त्रीसहित अर्थ मन्त्रालय पाउने निश्चित छ । यता, रास्वपाका लामिछानेका हकमा भने अहिले कुन मन्त्रालयले लिने भन्ने टुुङगो नभएको माओवादी स्रोतले जनाएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार, माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठको मन्त्रालय टुंगिएको छैन । अहिले मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनको छलफल जारी छ ।










