मेरो तहबाट कुनै सम्झौता हुने कार्यक्रम छैन : प्रधानसेनापति

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले एसपीपी कार्यक्रम सेनालाई मान्य नभएको बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा शुक्रबार प्रधानसेनापति शर्माले एसपीपी नआएको र आए पनि मान्य नहुने बताए । ‘एसपीपी कुनै हालतमा हाम्रो काम छैन । एसपीपी हाम्रो लागि मान्य छैन’, प्रधानसेनापति शर्माले भने । बाहिर डकुमेन्ट सार्वजनिक भएपछि क्रिया र प्रतिक्रिया आउनु स्वाभाविक […]
शेरबहादुर अहिलेसम्म जालझेलबाट मात्रै प्रधानमन्त्री हुनुभा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेसम्म कहिल्यै निर्वाचित प्रधानमन्त्री नबनेको बताएका छन् । एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै अध्यक्ष ओलीले अहिलेसम्म पाँच पटक देउवा जालझेल र तिकडमबाट मात्रै प्रधानमन्त्री बनेको बताए । ‘पाँच वर्ष हामीले काम गर्न पाउने हो भने अरू कसैले पनि साइनबोर्ड राख्ने स्थिति भएन […]
सांसदहरूको एसपीपीदेखि बाढी–पहिरो र लाल आयोगसम्मको चासो

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले विभिन्न विषय उठाएका छन् । सांसदहरूले वर्षाको समयमा बाढी पहिरोको समस्यादेखि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता र लाल आयोगको प्रतिवेदन सार्वजनिकसम्मको मुद्धालाई उठाएका छन् । सांसद अत्तरकलम मुसलमानले बिहीबारको बैठकमा प्रतिपक्ष सांसदहरूले बोलेको एक घण्टामै एसपीपी माग गर्दै लेखेको पत्र सार्वजनिक भएको भन्दै प्रतिपक्ष नेकपा […]
एकपटक फेरि कम्युनिष्ट एकीकरणको अभियानमा जुट्नेछु : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले आफू फेरि एक पटक कम्युनिस्ट पार्टी एकीकरण अभियानमा जुट्ने बताएका छन्। शुक्रबार राष्ट्रिय सभामा बोल्दै नेता गौतमले अब एकपटक पार्टी एकीकरणका लागि जुट्ने बताएका हुन्। उनले भने,म फेरि कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने महाअभियानमा लाग्ने मनसायमा छु, केही समयमा घोषणा गरेर लाग्नेछु सफल हुन्छु हुन्न थाहा छैन ।
एसपीपी सम्झौता खारेज हुन्छ – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताए । उनले भने, “एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौं तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, […]
संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैँ

काठमाडौं । आज संघीय संसद प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुने भएको छ । आजको बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ र बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस हुने कार्यसूची रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत […]
अल सबाबको चर्को करका कारण किसानहरू घर–खेत छोड्न थाले

मोगादिसु । अन्तर्राष्ट्रिय लडाकु समूह अल कायदसँग आवद्ध अर्को इस्लामिक लडाकु समूह अल सबाबले सोमालियाका विभिन्न भागमा कृषिमा चर्को कर लगाएको छ । कृषिमा ठूलो परिमाणको करका कारण खडेरीको गम्भीर समस्याका वावजुद पनि किसानलाई वाली लगाउन समस्या भएको छ । अल सबाबले लामो समयदेखि सोमालियामा हिंसात्मक सघर्ष गर्दै आएको छ । खडेरीले सोमालियाका राष्ट्रपति हसन […]
जसपाको विधान अधिवेशन स्थगित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल जसपाले असार १ र २ गते गर्ने भनिएको विधान अधिवेशन स्थगित गरेको छ । जसपाले पार्टीका नेता तथा कार्यकर्तालाई सर्कुलर नै पठाएको अधिवेशन स्थगित भएको जानकारी गराएको हो । स्थानीय तहको निर्वाचनको समीक्षा प्रतिवेदन केन्द्रमा आउन बाँकी नै रहेको र पार्टी सदस्यताको अभिलेख तयार नभएको भन्दै अर्को निर्णय नहुञ्जेलसम्मका […]
बालकोटमा अध्यक्ष ओलीसँग नारायणकाजीको भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । माओवादी नेता श्रेष्ठ आइतबार बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । स्रोतका अनुसार माओवादी नेता श्रेष्ठ करिब २ घण्टा ओलीसँग एक्लै भेटघाट गरेर फर्किएका हुन् । माओवादी नेता श्रेष्ठले बालकोटमा ओलीसँग देशको राजनीतिक परिस्थिति र […]
सरकार मौनधारण गरेर बसेको छ : विशाल भट्टराई

काठमाडौं । नेकपा एमालेका मुख्य सचेता तथा एमाले सांसद विशाल भट्टराईले खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएको भन्दै मल कहाँबाट र कहिलेसम्म ल्याउने भन्नेबारे प्रस्ट जवाफ दिन माग गरेका छन् । आज संसद भवनमा प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै उनले खेतीको समय गुज्रिसकेपछि जति नै मल ल्याए पनि त्यसको अर्थ नरहने बताए । अहिले […]
