Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राजाको स्थानमा बसेर ठुलादलका नेताहरूले जनताको शोषण गरे : पूर्व मन्त्री साह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 29, 2023
3 shares

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्व मन्त्री प्रभु साहले राजाको स्थानमा अहिले ठुलादलका नेताहरू बसेर जनताको शोषण गरिरहेको कारण देशको अवस्था दयनीय बनेको टिप्पणी गरेका छन् । बिगतमा राजा हटाउन कम्युनिस्ट र कांग्रेस नेताहरू एक ठांउमा भएर जनताको साथमा थिए तर अहिले अवस्था बदलिएको छ नेताहरु नै शासक बनेको उनले जिकिर गरेका छन् ।

गृह जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया स्थित बिधालय भवनको शिलान्यास तथा स्वास्थ्य कार्यालय भवनको उदघाटन पछि आयोजित सभामा नेता साहले अहिले राजाको कुर्सीमा ठुलादलका नेताहरू बिराजमान भएकाले नेपाली जनता उपेक्षित भएको बताए ।

‘सतामा बसेर ठुलो लुट मचाएर नेताहरू ठुलो झुन्डको सरदार बनेको छ’ अध्यक्ष साहले भने- ‘ठुला पार्टीका कार्यकर्ता पाल्न देशको ढुकुटी रितिंदै गएको छ । जुनै सरकार फेरिएपनी यो हाम्रो सरकार हो भनेर जनतालाई अनुभुती हुनसकेको छैन’, जनता मालिक नभएसम्म परिवर्तनको कुनै औचित्य नहुने उनले बताए । देशमा संघीय गणतन्त्र नामको लागिमात्र रहेको छ मुठिभर नेताहरूले देश लुटिरहेको अध्यक्ष साहले आरोप लगाए ।

‘देशमा तिनथरिको सरकार छ हजारौं सरकारी कार्यालय छन् । आर्थिक अभावमा ब्यापारी किसान आत्महत्या गरेर मरिरहेका छन् तर खोइ कसले हेरेको छ जनताको पीडा ?, १० प्रतिशत सम्झौता गरेर बैंकहरुले आफुखुसी रातारात ब्याज दोब्बर बनाउंछन कसले हेरेको छ ?’ पुर्व मन्त्री प्रभु साहले प्रश्न गरे ।

‘आफ्नो सम्पत्ति धितो राख्दा पनि देशमा कर्जा पाउन मुस्किल छ, किसान लाई सुबिधा छैन तर बिचौलियाको राज छ यहि हो परिवर्तन ?’ जबसम्म देशमा राजनितिक ब्यवस्था सहि हुंदैन यस्तै अवस्था रहने उनले ठोकुवा गरे । यो दल र त्यो दलको प्रधानमन्त्री फेरेर केही हुंदैन घरको तरक्किको लागि जसरी असल अभिभावक जरुरि हुन्छ त्यसैगरी देशमा परिवर्तनको लागि असल नेतृत्वको खांचो रहेको अध्यक्ष साहको भनाई छ ।

सुद्व हावापानी र राम्रो माटोको स्थानमा बगरै बगर रहेको देश साउदी अहिले स्वर्ग भएको छ । हाम्रा लाखौं युवा बर्षेणी रोजगारीको लागि पुगिरहेका छन् । तर हिमाल पहाड जंगल हरियाली, तराईको फांट, सुद्व हावापानीको धनी देश नेपाल अहिले भिख माग्ने भएको छ । ठुलादल भनाउंदाहरु कुर्सिको लडाइँमा अल्झेका छन तथापि कुर्सीको लागि नभै आफुले परिवर्तनको लागि आम जनता पार्टी खोलेको अध्यक्ष प्रभु साहको दाबी छ ।

देशको हरेक परिवर्तनमा जिल्लाबासिले साथ दिएजस्तै परिवर्तनको लडाइँमा पनि साथ दिन अध्यक्ष साहले रौतहटबासी संग आग्रह गरेका छन् । कार्यक्रममा आम जनता पार्टीका केन्द्रिय सदस्य तथा बिभागिय प्रमुख कुन्दन कुश्वाहा,नेपाली कांग्रेसका पुर्व प्रदेश सांसद रासिद अलि फुलबाबु, पार्टी जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल लगायतले मन्तव्य राखेका थिए ।

जनप्रिय प्राविको दुई कोठे भवन लक्षमिनिया करुनिया २२ लाख रुपैया र श्री प्रथामिक बिधालय करगोल ४ कोठे भवन एक करोड एक लाख चौबिस हजारमा निर्माण हुने योजना रहेको तथा अधारभुत स्वास्थ्य चौकीको ३२ लाख ४६ हजार कुल लागतमा निर्माण भएको देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved