Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जबसम्मा सभामुखको रजिनामा आउँदैन तबसम्म सांसद चल्दैन : प्रमुख सचेतक भट्टराई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 8, 2021
990 shares
काठमाडौं। नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले राजीनामा नगरेसम्म संसद्को अवरोध जारी रहने बताएका छन् । सभामुख सापकोटा एमाले विभाजनको मतियार भएकाले उनलाई पार्टीले स्वीकार नगर्ने उनको दाबी छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले भने, “सभामुखले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, प्रतिनिधिसभा नियमावलीको पालना गर्नुभएन । नियमावली अनुसार पार्टीले सांसदलाई कारबाही गरेको सूचना संसद् चलेको बेला संसद्मा सुनाउने, नचलेको बेला टाँस गर्ने हो । सभामुख ढिलै भए पनि एमालेका १४ जना सांसदमाथि कारबाही गरेको सूचना टाँस गरेर सच्चिन तयार हुनुहुन्न भने मार्ग प्रशस्त गर्नुपर्यो । अरु तटस्थ व्यक्तिले संसद् चलाउँछ ।”

उनले सभामुखले एमालेमाथि अन्याय गरेको आरोप पनि लगाए । उनले थपे, “सभामुखले एमालेलाई अरु पार्टी सरह व्यवहार गर्न सक्नुभएन । सरिता गिरीको २४ घन्टा, टोपबहादुर रायमाझी लगायतको ३० घन्टामा पालना गर्ने सभामुखले एमालेका १४ सांसदमाथिको कारबाहीको सूचना १३ दिनसम्म टाँस्नुभएन र एमाले विभाजनको मतियार बन्नुभयो । उहाँले राजीनामा नगरेसम्म चालू संसद्को अधिवेशनमा पूर्ववत् विरोध यथावत् रहन्छ ।”

जनताले माया गरेको पार्टी एमालेमाथि सर्वोच्च अदालत, निर्वाचन आयोग, सभामुख लगायतले अन्याय गरेकाले आवाज उठाइरहने उनको दृढता छ । अध्यादेश ल्याएर दल फुटाई संसदीय व्यवस्था बदनाम गराउने कामको विरोध प्रमुख प्रतिपक्षले गर्नु स्वाभाविक भएको उनको दाबी छ । उनले भने, “प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठकमा एमालेलाई किन मुछ्नुपर्यो ? हामी सर्वदलीय बैठकमा बस्दैनौं । प्रधानमन्त्रीले हामीसँग सीधा संवाद गरे भइहाल्यो नि ।”

तीन महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारले अरु काम गर्छ भन्ने विश्वास जनतालाई नलागेको पनि उनले बताए । उनले भने, “जनादेशको अवहेलना भएकाले अब जानुपर्ने चुनावमै हो । न्यायालय, निर्वाचन आयोग सेटिङमा चलेका छन् । त्यसैले न्यायाधीश, वकिललाई पदक दिइएको छ । न्यायाधीश नै मन्त्री बनाउन लागेका छन् ।”

आफ्नो पार्टीलाई विभाजनले ४, ५ प्रतिशत मात्र घाटा लाग्न सक्ने तर माधव नेपालको पार्टीले एउटा वडामा पनि जित्न नसक्ने उनले दाबी गरे । उनले भने, “माधव नेपालले कुनै पनि वडामा आफ्नो सामथ्र्यमा जितेर देखाउनोस् । नवौं महाधिवेशनबाट हारेर अध्यक्षको बोर्ड टाँस्नुभएको हो । अब उहाँले त्यो पार्टीमा पेरिस डाँडामा लगेर मिसाउने हो । दोस्रो पार्टी हुने उहाँको हवाई कल्पना हो । कठैबरा माधव नेपाल !”

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved