Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हाम्रो पार्टीमा कुनै विवाद छैन – कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 7, 2021
138 shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहभित्र सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोटमा रस्साकस्सी देखिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पौडेल समूहलाई दुई मन्त्रीको नाम सिफारिश गर्न भनेका छन् ।

बुधबार साँझ बालुवाटारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले दुईमध्ये एकको नाम नेता पौडेलसँग मागेका थिए । अर्काे नाम महामन्त्री डा. शशांक कोइरालासँग मागेका थिए । कांग्रेसमा पौडेल समूह भनेर कोइरालासहितको समूहलाई चिनिन्छ । तर प्रधानमन्त्री देउवाले शशांक र पौडेलसँग एक/एक मन्त्रीको नाम मागेको बैठकमा सहभागी एक नेताले बताए ।

महामन्त्री कोइरालाले आफ्नो समूहबाट सुजाता कोइराला र डा. मिनेन्द्र रिजालको नाम सिफारिश गरेका थिए । तर उनले अन्तिममा भने रिजाललाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई प्रस्ताव गरे । पौडेलले पाएको एक मन्त्रीमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दावी गरेपछि कुरा मिल्न नसकेको ती नेताले अनलाइनखबरसँग बताए ।

स्रोतका अनुसार पौडेलले सप्तरी-४ बाट निर्वाचित सांसद तेजुलाल चौधरीको नाम प्रस्ताव गरेका थिए भने सिंहले काठमाडौं-१०बाट निर्वाचित सांसद राजेन्द्रकुमार केसीको नाममा अडान राखे । ‘रामचन्द्र दाइले चाहिँले तेजुलालको नाम लिनुभयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘तर बागमतीबाट सरकारमा प्रतिनिधित्व भएन भन्नेमा प्रकाशमानको जोड थियो ।’

बैठकमा देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि नाम मागेका थिए । सिटौलाले भने आफ्नो समूहबाट बारा-१ बाट निर्वाचित सांसद उमाकान्त चौधरीको नाम प्रस्ताव गरे ।

पौडेल समूहले बैठकमा कांग्रेसले पाउने मन्त्रीमध्ये तीन आफ्नो समूहले पाउनुपर्ने माग गरेको थियो । तर देउवाले दुईभन्दा बढी दिन नसकिने बताएपछि पौडेल सहमत भएको बताइएको छ ।

सरकारमा कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् । बाँकी चारमध्ये देउवाले एक आफूसँग राखेका हुन् । देउवाले आफ्नो समूहबाट पुष्पा भुसाललाई मन्त्री बनाउन चाहेको स्रोतले जनाएको छ ।

बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्नुअघि पौडेल समूहको छुट्टै बैठक बसेको थियो । बोहोराटारमा बसेको बैठकमा पनि मन्त्री छनौटकै विषयमा छलफल भएपनि टुंगो लाग्न सकेन । महामन्त्री कोइराला निकट स्रोतका अनुसार पौडेल र सिंहबीच नै मन्त्रीको नाममा सहमति हुन नसकेको हो । ‘हामीहरुबीच अझै छलफल गर्नुपर्ने देखिन्छ,’ शशांक निकट एक नेताले भने, ‘पौडेलले पनि आफूले भनेकै मान्छे हुनुपर्छ भन्नुहुन्छ, प्रकाशमान पनि सहजै सहमत हुने अवस्थामा हुनुहुन्न । एक/दुई चरण फेरि बस्नुपर्छ जस्तो छ ।’

नेता पौडेल र सिंहबीच मन्त्रीमा आ-आफ्नै दावी रहेपछि तीन मन्त्री माग्नुपर्ने निष्कर्षमा उनीहरु पुगेका थिए । पौडेल, शशांक र प्रकाशमानबीच एक-एक मन्त्री भागबण्डा लगाउन मन्त्रीको संख्या थप्नुपर्ने प्रस्ताव उनीहरुले प्रधानमन्त्रीसँग गरेका हुन् ।

पौडेल समूहमा मन्त्रीका लागि नेताहरु मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, सुजाता कोइराला, राजेन्द्र केसी, तेजुलाल चौधरी लगायतको चर्चा छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत चाहिंले कांग्रेसमा मन्त्री चयनमा कुनै विवाद नरहेको दाबी गर्छन् । ‘हाम्रो पार्टीमा कुनै विवाद छैन, जुन दिन सपथ खाने कार्यक्रम हुन्छ, पार्टीले मन्त्रीको नाम सिफारिस गर्छ,’ उनले भने ।

प्रधानमन्त्री चयन भएको तीन महिना पुग्नै लाग्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved