Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रहरी अनुसन्धान केन्द्रीय ब्युराेद्वारा नागरिककाे अर्बौं ठगीगरेर लुकिछिपि बसेकाे अवस्थामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ सहित १२ जना पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 5, 2021
39 shares

काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले सिभिल बैंक तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको छ । सर्वसाधरणको निक्षेपमा अर्बौं रकम ठगी गरेको भन्दै तामाङलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा संविधानसभाका सदस्य एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ, सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र विजय शाहसहित १२ जना रहेका छन् ।

तामाङसहित सबैलाई उनीहरुकै कार्यालयबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । इच्छाराजको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले अर्बौँ रुपैयाँ ठगी गरे पनि ४६ करोड रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी सीआईबीमा छ । उनीहरु पक्राउ परेपछि पीडितहरु मंगलबारदेखि नै थप उजुरी लिएर प्रहरीकहाँ पुग्ने अनुमान गरिएको छ । त्यसपछि मात्र सिभिल सहकारीले कति ठगी गरेको भन्ने पुष्टि हुन्छ । सिभिल ग्रुपकै अध्यक्ष रहेका तामाङले आफैँले सञ्चालन गरेका कम्पनीहरू सिभिल होम्सलाई आठ अर्ब आठ करोड, सिभिल मललाई ३८ करोड, सिभिल स्टेटलाई पाँच करोड र सिभिल अपार्टमेन्टलाई ४४ करोड ३२ लाख गरी आठ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेका छन् र बचतकर्ताहरूले आप्mनो बचत रकम फिर्ता माग्दा फिर्ता नगरी लुक्दै र भाग्दै आएका थिए ।

आपूले बचत गरेको रकम पटक–पटक माग्दा नपाएपछि बचतकर्ताहरूले उज्ज्वल सत्यालको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर धर्ना, नारा, जुलुस गर्दै संघर्षमा उत्रिएका थिए । अहिले सरकार परिवर्तनको मौका पारेर उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित बचतकर्ताले गरेको आन्दोलनको जानकारी सहकारी विभाग, नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, सहकारी मन्त्रालयलगायत सबैलाई गराएको थियो । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताहरुले जम्मा गरेको अर्बौँ रुपैयाँ इच्छाराजले अवैध रुपमा बेलायत र बेलारुसमा पठाएको र नेपालमा सिभिल होम्समा लगानी गरेका छन् । जम्मा गरेको रकम म्याद पुगेपछि फिर्ता लिन जाँदा तामाङले सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने भन्दै धम्की दिँदै थर्काउँदै आएका थिए । केपी ओली प्रधानमन्त्री भएको बेला उनीविरुद्ध उजुरी परे पनि उजुरी गर्नेहरुलाई तामाङले आफू ओलीको साढुभाइ भएको धम्की दिँदै अवैध रुपमा जम्मा गरेको रकम माग्न आएमा सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइदिने धम्की दिने गरेका थिए ।

सर्वसाधारणको पैसा अवैध रुपमा बेलारुस पठाएपछि उनी केही वर्षअगाडि बेलारुस उड्न लागेको बेला राहदानी ‘सिज’ भएको कारण अन्तिम चरणमा आएर उड्न पाएका थिएनन् । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम तामाङले बेलायत र बेलारुस पठाएका हुन् । त्यही भएर उनले निक्षेपकर्तालाई रकम फिर्ता गर्न नसकेका हुन् ।

एक मिलियन अमेरिकी डलर बेलारुस पठाएपछि त्यहाँ नागरिकता पाइन्छ । तामाङले अवैध मार्गबाट अर्बौँ रुपैयाँ बाहिर लगेको बताइएको छ । व्यवसाय गर्न सजिलो हुने भएको कारण बेलायत र बेलारुसमा इच्छाराजले रकम पठाएका हुन् । प्रधानमन्त्री कार्यालयमातहत सम्पत्ति शुद्धीकरण विभाग रहेको कारण ओली प्रधानमन्त्री भएको बेला इच्छाराजले सिभिलमा रकम जम्मा गर्ने सबैको विवरण सम्पत्ति शुद्धीकरण विभागमा पठाइदिने भनेर धम्की दिने गरेका थिए ।

सिभिल सेभिङमा रकम जम्मा गरेकाहरुलाई सुन्धाराको सिभिल ट्रेड सेन्टरपछाडिको अपार्टमेन्ट बिक्री गरेर रकम फिर्ता गर्छु भने पनि उक्त अपार्टमेन्ट बिक्री गरेपछि पनि कसैको पनि रकम फिर्ता गरेका छैनन् । करिब तीन अर्ब रुपैयाँ जाने उक्त अपार्टमेन्ट इच्छाराजले करिब एक अर्ब ३५ करोड रुपैयाँमै अजेय सुमार्गीलाई बिक्री गरेका थिए । उक्त अपार्टमेन्ट बिक्री गरेर सर्वसाधारणको अर्बौँ रुपैयाँ निक्षेप फिर्ता नगरी भाग्नलागेको बेला उनको राहदानी सरकारले सिज गरेको थियो । इच्छाराजले आफ्नो व्यवसाय टाट उल्टिएको बताउने गरे पनि उनी आफैँ भने कीर्तिपुरको ट्याङ्लाफाँटमा करिब छ रोपनी जग्गामा घर बनाएर बसेका छन् ।

 

२०७५ पुस ३० गतेसम्मको सिभिल सहकारीको विवरणअनुसार सहकारीले प्रवाह गरेको कुल कर्जा आठ अर्ब १३ करोड ६७ लाख ४६ हजार पाँच सय ७८ रुपैयाँ ४४ पैसामध्ये सिभिल होम्सलाई मात्र २०७५ असार मसान्तसम्ममा मात्र सात अर्ब एक करोड ३७ लाख ११ हजार दुई सय ११ रुपैयाँ ३७ पैसाभन्दा बढी कर्जा दिएको देखिन्छ, जुन कुल कर्जा रकमको ८६.२ प्रतिशत हुन आउँछ । होम्सले ब्याज तिर्नसक्ने अवस्था नदेखिँदा हालसम्ममा सावाँ र ब्याज गरी झण्डै आठ अर्ब नाघेको सहजै अनुमान गर्न सकिन्छ जुन रकम सिभिल सहकारीमा जम्मा भएको कुल निक्षेपको बराबरजस्तो हुन आउँछ । ऋण असुली नभएको अवस्थामा सहकारीको बचत तथा निक्षेपकर्ताहरूको रकम समेत फिर्ता भुक्तानी गर्न कठिनाइ भएको छ ।

सिभिल होम्सका अतिरिक्त सहकारीबाट सिभिल अपार्टमेन्ट प्रालिलाई ३४ करोड ६७ लाख ८० हजार सात सय ४५ रुपैयाँ ९१ पैसा र सिभिल इस्टेट्स प्रालिलाई छ करोड ६८ लाख ४६ हजार चार सय सात रुपैयाँ ८९ पैसा कर्जा प्रवाह भएको छ । सिभिल होम्स प्रालिको आर्थिक वर्ष २००७४ लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी १० करोड र सञ्चित नोक्सानी दुई सय ५६ करोड ७६ लाख रुपैयाँ छ । तसर्थकम्पनीको नकारात्मक नेट वर्थ भएको कारण नगद तथा बैंक मौज्दातसहितको सम्पत्तिबाट समेत उक्त ऋण लगानी रकम असुली हुने सम्भावना एकदम न्यून छ ।

सिभिल सहकारीको आव २०७४/०७५ को वित्तीय विवरणअनुसार अघिल्लो आवमा प्रवाहित दुई करोड ७० लाख कर्जामध्ये दुई करोड सिभिल होम्स प्रालिमा छ । कर्जा र लगानी गरी सो अवधिसम्म कुल ७०३.३७ करोडबराबरको रकम सिभिल सहकारीले सिभिल होम्समा लगानी गरेको देखिन्छ । २०५७ सालदेखि कारोबार गरेको सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका प्रमुख सञ्चालक इच्छाराज काठमाडौंका स्थानीय बासिन्दा होइनन् । उनी रामेछापका हुन् । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएसँगै सुरु भएको आर्थिक उदारीकरणको सदुपयोग गर्दै रामेछापबाट राजधानी आएका तामाङले आफन्त र मन मिल्ने मानिसहरूलाई समेटेर सिभिल सहकारी सञ्चालन गरेका थिए । सर्वसाधारण जनतासँग बचत संकलन गर्दै सदस्यता वितरण गरेका थिए । त्यसरी जनतासँग उठाइएको रकम उनले तिनै बचतकर्ता सदस्यहरूलाई लगानी पनि गरेनन् र रकम फिर्ता माग्नेहरूलाई फिर्ता पनि दिएनन् तर उनले उक्त रकम आफैँले खोलेको अरु कम्पनीहरूमा लगानी गरेका छन् ।

उनले सिभिल सहकारीमा जम्मा भएको जनताको बचत अपचलन गरी सिभिल होम्स, सिभिल स्टेट, सिभिल अपार्टमेन्ट, सिभिल मललगायत नौवटा कम्पनीमा लगानी गरेका छन् । सिभिल मल उनको आप्mनो हुँदै होइन, उनले लालकाजी गुरुङको सम्पत्ति सत्ता र शक्तिको आडमा जबर्जस्ती कब्जा गरेर राखेका छन् । अरु कम्पनी उनी आफैँले खोलेको भए पनि कुनै पनि नाफामा गएका छैनन्, सधैँ घाटामा रहेका छन् । घाटामा रहेका उनका ती कम्पनीलाई कुनै पनि बैंकले कर्जा दिने अवस्था नरहेकोले उनले आफैँले खोलेको सिभिल सहकारीको रकम खुलेआम रुपमा अपचलन गर्दै आएका छन् । सिभिल सहकारीको अध्यक्ष केशवलाल श्रेष्ठ नाताले सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङका मामा ससुरा हुन्, उनी सिभिल सहकारीका अध्यक्ष केशवलालका भाञ्जी ज्वाइँ हुन् । सहकारीको रकम अपचलनकारी तामाङ सिभिल ग्रुपका अन्य कम्पनीसँगै सिभिल बैंकको समेत अध्यक्ष रहेका छन् । सिभिल सहकारीको सञ्चालक समिति सिभिल ग्रुपका अध्यक्ष तामाङको लाचार छायाँ बन्दै आएको छ र सहकारीले उनको अनुमति विना कुनै निर्णय गर्ने हैसियत देखाउनसकेको छैन ।

 

सिभिल सहकारीको सञ्चालक समिति र व्यवस्थापन समितिमा अरु नै व्यक्ति भए पनि अहिलेजस्तो विकराल अवस्था आउनु अघिसम्म जनताको बचत दुरुपयोग गरेर आप्नो व्यक्तिगत फाइदाका कम्पनीमा लगानी गर्ने र जनतालाई रकम फिर्ता नगरेर रुवाबासी गराउने तामाङ सोल्टी मोडमा रहेको सिभिल सहकारीको भवनमा अड्डा जमाएर बस्ने गर्दथे, तर केही समययता सहकारीबाट रकम फिर्ता नपाउने पीडित बचतकर्ताहरूले सहकारी परिसरमा धर्ना, जुलुस र नाराबाजी गर्न थालेपछि साँझ अबेरसम्म सिभिल बैंकको केन्द्रीय कार्यालयमा आप्नोकार्यकक्ष खडा गरेर त्यहीँ लुकेर बस्ने गरेका थिए ।

साँझ परेपछि सिभिल सहकारीको अखडामा पुगेर दिनभरको रिपोर्टिङ लिने गरेका थिए । उनले अपचलन गरेको नौ अर्ब रुपैयाँभन्दा बढी रकम सहकारीलाई फिर्ता नगर्दा सहकारीका बचतकर्ताहरूको रुवाबासी मच्चिएको छ । आर्थिक दैनिकको सहयोगमा तयार गरियकाे एक रिपाेर्ट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved