Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देउवाको कारण उपेन्द्र र नारायणकाजी मन्त्री बन्न पाएनन्

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 29, 2021
243 shares

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रालय बाँडफाँड गर्न नै हम्मे हम्मे परेको छ । मन्त्रालयकै बिषयमा देउवाले आफ्नै पार्टीका नेताहरुलाई पनि चित्त बुझाउन सकिरहेका छैनन् । उपप्रधानमन्त्री माग्दै आएका सुजता कोइराला र शशांक कोइराला नै देउवासँग भित्रभित्रै रिसाइरहेका छन् ।

किनकी देउवाले उपप्रधानमन्त्री कसैलाई नदिने बताएका छन् । यस्तै उपप्रधानमन्त्रीमा अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि चाहना थियो । तर देउवाको ढीपिको कारण उनीहरुको उपप्रधानमन्त्री बन्ने सपना पूरा नहुने देखिएको छ । यसअघि नै उपप्रधानमन्त्री बनिसकेका यादव र श्रेष्ठ तल्लो तहमा झरेर मन्त्री मात्र बन्न चाहदैनन् ।

अहिले मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । तर उपप्रधानमन्त्री बन्ने सपना बुनेका नेताहरुले खासै चासो देखाएको देखिदैन । यसअघि मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी हुँदै गर्दा यादवले एक अकडो पनि थापेका थिए ।
उनले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएमा मात्र आफु सरकारमा जाने अडान लिएका थिए ।

अहिले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता भइसकेपछि भने यादवले यसमा खासै चासो देखाएको देखिदैन । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाएका छन् । तर यादवको पार्टीबाट कुनै चासो राखेको देखिदैन ।

गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँडमा सहमति नभएकोले मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताउदै आइएको छ । कांग्रेसले ७ मन्त्रालय, नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र जसपाले ६ ६ वटा मन्त्रालय पाउने सहमती भएको बताइएको छ ।

तर कुन मन्त्रालय कुन पार्टीलाई दिने भन्ने सहमती नहुँदा मन्त्रीपरिषदले पूर्णता पाउन सकिरहेको छैन । यसअघि कांग्रेसबाट प्रधानमन्त्री देउवासँग गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, परराष्ट्रमन्त्री डा। नारायण खड्का र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ मन्त्री बनिसकेका छन् । यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुषाल भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

  • September 23, 2026

आजकाेे लागि विदेशी मुद्राको विनिमयदर

  • September 23, 2026

प्रतिनिधिसभाको बैठक बस्दै

  • September 23, 2026

विरहीको ‘उपहार’ अनि नवराज नवशिलाको ‘परी भएँ म’ लोकार्पण

  • September 22, 2026

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, गृहमन्त्री गुरुङ र पर्यटनम...

  • September 22, 2026

सभामुख अर्यालसँग जापानको प्रतिनिधि सभा सदस्य शोजी केनइचीको शिष...

  • September 22, 2026

लागूऔषधसहित मध्यपुर थिमिबाट २६ वर्षीय युवक पक्राउ

  • September 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved