Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्र बैंकको प्रतिवेदनः बाह्य क्षेत्र दबाबमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 24, 2021
66 shares
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महीना अर्थात् साउनमा समग्र अर्थतन्त्रको विभिन्न सूचकमा नकारात्मक संकेत देखिनुका साथै बाह्य क्षेत्र दबाबमा परेको देखिएको छ । साउन महीनामा शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चिति, मूल्य वृद्धि तथा विप्रेषण आप्रवाहलगायत सूचकमा नकारात्मक संकेत देखिएको हो ।

साउन महीनामा शोधनान्तर स्थिति पुनः घाटामा गएको छ । विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले निरन्तरता पाएको छ भने विप्रेषण आप्रवाह पनि दोहोरो अंकले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आवको पहिलो महीनाको समग्र आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनअनुसार साउनमा आर्थिक क्षेत्रका विभिन्न सूचक नकारात्मक देखिएका छन् ।

साउनमा मुलुकबाट बाहिरिने र भित्रिने रकम बीचको अन्तर ९शोधनान्तर स्थिति० पुनः घाटामा आएको छ । गत जेठ मसान्तसम्म रू १५ अर्ब १५ करोडले घाटामा रहेकोमा शोधनान्तर स्थिति असार मसान्तसम्म आउँदा १ अर्ब २३ करोडले बचतमा थियो ।

तर, साउन मसान्तसम्म आउँदा पुनः घाटामा गएको छ । प्रतिवेदनअनुसार साउनमा शोधनान्तर स्थिति । ३८ अर्ब ७५ करोडले घाटामा छ । गत आवको सोही महीना (साउन) मा पनि शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोडले बचतमा थियो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पछिल्लो समय देशको अवस्था चिन्ताजनक नै देखिएको बताए । ‘अहिले विप्रेषण अर्थतन्त्र मुख्य टेकोका रूपमा छ । तर, अहिले विप्रेषण आप्रवाह नै घटेको छ । साथै, शोधनान्तर स्थिति पनि घाटामा गएको छ भने अन्य परिसूचकको अवस्था पनि त्यस्तै छ,’ उनले भने, ‘समग्रमा अहिले अर्थतन्त्रको अवस्था चिन्ताजनक नै छ । यो अवस्था दीर्घकालीन नहोला भन्ने आशा पनि छ ।’

विदेशी मुद्रा सञ्चिति घट्ने क्रमले साउन महीनामा पनि निरन्तरता पाएको छ । गत असारको तुलनामा साउनमा विदेशी मुद्रा सञ्चिति ३ दशमलव २ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म कुल विदेशी सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको थियो । तर, साउनसम्म आउँदा त्यो घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ ।

साउनमा चालू खाता घाटा भने ह्वात्तै घटेको छ । गत असारसम्म चालू खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा थियो । तर, असारसम्म आउँदा त्यस्तो घाटा घटेर ४७ अर्ब ९० करोडमा सीमित भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved