Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निफ्राका ऋणीलाई पनि पुनर्कर्जाको सुविधा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 24, 2021

काठमाडौं । अब नेपाल इन्फ्रास्टक्चर बैंक ९निफ्रा० बाट कर्जा लिएका ऋणीले पनि पुनर्कर्जाको सुविधा पाउने भएका छन् । पुनर्कर्जा पाउनयोग्य ऋणीहरूले यस्तो सुविधा पाउने व्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले बिहीवार पुनर्कर्जा कार्यविधि, २०७७ को तेस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाका योग्य ऋणीहरूले पुनर्कर्जाको सुविधा पाउँँदै आएका थिए । अहिले उक्त कार्यविधि संशोधन गर्दै पूर्वाधार विकास बैंकका ऋणीलाई पनि पुनर्कर्जाको सुविधा दिइने व्यवस्था गरेको हो । निफ्रा पूर्वाधार विकासका लागि स्थापना भएको बैंक हो ।

निफ्राका पुनर्कर्जाका लागि योग्य ऋणीहरूलाई कार्यविधिअनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा दिइने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पूर्वाधार विकास बैंकका ऋणीलाई पुनर्कर्जा दिने व्यवस्था गरिएको बताए ।

यस्तै, राष्ट्र बैंकले पुनर्कर्जा उपलब्थ गराउने क्षेत्रहरू पनि थप गरेको छ । राष्ट्र बैंकले विशेष पुनर्कर्जाको दायरा बढाएको हो । संशोधित कार्यविधिअनुसार अब ब्रोडवेन्ड प्रवद्र्धन गरी दुर्गम स्थानहरूमा सेवा पु¥याउने इन्टरनेट सेवाप्रदायक संस्थाहरूलाई पनि पुनर्कर्जा दिइने बताइएको छ ।

यसैगरी, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकलाई पनि पुनर्कर्जा दिइने कार्यविधिमा उल्लेख छ । सञ्चार सेवाप्रदायक संस्थाहरूलाई पनि विशेष पुनर्कर्जा दिइने राष्ट्र बैंकको भनाइ छ । उनीहरूलाई अधिकतम २० करोड रुपैयाँसम्म पुनर्कर्जा दिइनेछ ।

सरकारबाट महामारीजन्य रोगको उपचारका लागि मान्यताप्राप्त खोप उत्पादन गर्ने उद्योगलाई पनि विशेष पुनर्कर्जा दिने व्यवस्था गरिएको छ । त्यस्ता उद्योग स्थापना गर्न कर्जा लगेको भए विशेष पुनर्कर्जा पनि उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । त्यस्ता उद्योगलाई रू। ५० करोडसम्म पुनर्कर्जा दिइने बताइएको छ । आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जनमतको उदय र जिम्मेवारीको प्रश्न : बालेनप्रति डर कि लोकतन्त्रप...

  • April 21, 2026

उदयपुरकाे बेल्टारमा भिषण आगलागी , दुईकाे मृत्यु

  • April 21, 2026

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी न...

  • April 19, 2026

सांसद प्रदिप बिष्टलाई मतदाता भेट्न भ्याइनभ्याई

  • April 19, 2026

रास्वपा चाँगुनारायण नगर समितिले विज्ञहरूसँग महत्वपूर्ण छलफल गर्ने

  • April 19, 2026

भाेलि रास्वपा सचिवालयकाे बैठक बस्दै

  • April 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved