Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चिनीको मूल्य बढाउन चलखेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 15, 2021
27 shares

काठमाडौं । चिनी उद्योगी र व्यापारीसँग मिलेमतो गरी सरकार नै चिनीको अभाव गराउन लागिपरेको छ । चिनी उद्योगीहरूसँगको मिलेमतोमा अर्थ मन्त्रालयले नै बजारमा चिनीको अभाव हुने वातावरण तयार गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी आयात अनुमति माग्दै पटक–पटक पत्र पठाइसकेको छ । तर, अर्थ मन्त्रालयका जिम्मेवारी अधिकारीहरू सो पत्र रोक्दै चिनीको अभाव गराउने खेलमा लागेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनले ८ महिना अगाडि ५० हजार मेट्रिक टन चिनी आयात अनुमति माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा पत्र पठाएको थियो । कर्पोरेशनले ५० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति मागे पनि अर्थ मन्त्रालयले २० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको थियो ।

उक्त परिमाणको चिनीले बजारको माग धान्न नसक्ने भएपछि साल्ट ट्रेडिङले २०७८ सालको वैशाख पहिलो साता थप ३० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति माग्यो । पाँच महिनाअघि गरेको अनुमति प्रस्ताव अर्थमै हराएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही भदौमा अर्को प्रस्ताव पठाइसकेको छ । मन्त्रालयले भदौ ८ गते ५० हजार मेट्रिक टन चिनी आयातको अनुमति माग्दै अर्थलाई पत्र लेखेको थियो ।

उद्योग मन्त्रालयको स्रोतले भन्यो, ‘हामीले वैशाखमै चिनी आयातको अनुमति मागेका हौँ । तर, त्यसको कुनै जवाफ नआएपछि यही भदौमा अर्को प्रस्ताव गरेका छौँ ।’ भदौमा गरेको आयात अनुमति प्रस्तावमा ४० हजार मेट्रिक टन चिनी कर्पोरेशन र १० हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ल्याउने उल्लेख छ ।

‘तर, अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । हामीले पत्राचार गरिरहेका छौँ । पटक–पटक पठाएको अनुमति पत्र रोक्दा अर्थ मन्त्रालयको भूमिका नै शङ्कास्पद लाग्न थालेको छ,’ उनले भने ।

अहिले कति छ चिनी मौज्दात ?

चिनी उत्पादन गर्ने र चिनीको व्यापार गर्ने सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनी मौज्दात निकै कम छ । नेपाल चिनी उत्पादक संघसँग आबद्ध विभिन्न चिनी उद्योगीहरूले आफूहरूसँग जम्मा ६ हजार मेट्रिक टन चिनी मौज्दात रहेको जानकारी गराएका छन् ।

यस बाहेक कर्पोरेशनसँग ३०० मेट्रिक टन चिनीको मौज्दात छ । यो बाहेक व्यापारीसँग कति चिनीको मौज्दात छ भन्ने आधिकारिक तथ्याङ्क सरकारका कुनै निकायसँग छैन ।

चाडपर्वको समयमा मासिक करिब ३० हजार मेट्रिक टन चिनी आवश्यक पर्ने चिनी उत्पादक संघले जानकारी दिएको छ । यसले नेपालमा रहेको मौज्दात र खपतको स्थिति आकाशपाताल फरक रहेको पुष्टि हुन्छ । जम्मा ६ हजार हाराहारी मेट्रिक टन चिनी मौज्दात भए पनि दसैँ/तिहारको २ महिने अवधिमा ६० हजार मेट्रिक टनभन्दा बढी हुन्छ । यस पटकको दसैँ/तिहार तथा छठमा चिनीको बजार माग र आपूर्तिको स्थिति नमिल्ने देखिइसकेको छ ।

अर्थ मन्त्रालयले यतिबेला आयातको अनुमति दिएपनि आयातको ग्लोबल टेण्डरको प्रक्रिया पु-याउँदा १ महिनासम्म समय लाग्छ । टेण्डर गरेर आयात प्रक्रिया थाल्दासम्म चाडबाड नै सकिने निश्चित छ ।

मूल्य बढ्ने पक्का

अर्थ मन्त्रालयले आयात अनुमति रोकेपछि दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने पक्कापक्की भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले नै बताएका छन् ।

मन्त्रालयकी उपसचिव उर्मिला केसीले दसैँ/तिहारमा चिनीको मूल्य बढ्ने सम्भावना देखिएको बताइन् । उनले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य कम्पनीले चिनी बेचेर मूल्य हस्तक्षेप गर्नुपर्नेमा अर्थ मन्त्रालयले चिनी आयात अनुमति नदिँदा मूल्य बढ्ने निश्चितजस्तै देखिएको बताएकी हुन् ।

हाल कर्पोरेशनले प्रतिकिलो ७८ रुपैयाँमा चिनी बेचिरहेको छ । सोही चिनी व्यापारीहरूले प्रतिकिलो ९५ रुपैयाँसम्म बिक्री गरिरहेका छन् । व्यापारीले अहिले नै सरकारी संस्थानको भन्दा महँगोमा चिनी बिक्री गरिरहेका हुन् । जुन, चाडपर्व नजिकिँदै गर्दा थप बढ्ने सम्भावना देखिएको हो । नेपाल खुद्रा व्यापार संघले अहिले थोक (होलसेल) मै चिनीको मूल्य ८५ रुपैयाँसम्म पर्ने बताएको छ ।

जुन, खुद्रा पसल हुँदै उपभोक्तासम्म पुग्दा प्रतिकिलो ९५ रुपैयाँभन्दा पनि माथि जाने देखिन्छ । यद्यपि; वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हाल चिनीको बजार मूल्य ९० रुपैयाँभन्दा तल नै रहेको दाबी गर्छ । तर, बजारमा व्यापारीले चिनी प्रतिकिलो ९५ रुपैयाँ बिक्री भइरहेको खुद्रा व्यापार संघले जानकारी दिएको छ । ratopati,com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved