Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गौरवका २४ आयोजनाहरुमा साढे ३ खर्ब लगानी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2021
57 shares
काठमाडौं। सडक, जलविद्युत्, सिँचाइ, विमानस्थल र खानेपानीलगायत २४ ओटा राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले हालसम्म ३ खर्ब ४९ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । ती आयोजनामा यो रकम लगानी भइसक्दा हालसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजना मात्रै सम्पन्न भएको छ । मेलम्ची खानेपानी आयोजना लगभग सम्पन्न भए पनि बाढीपहिरोका कारण क्षति हुँदा थप अन्योल देखिएको छ ।

गौरवका यी २ आयोजनाबाहेक अन्य आयोजनाहरू लामो समयदेखि निर्माणाधीन अवस्थामा छन् । माथिल्लो तामाकोशी र मेलम्चीबाहेक गौतम बुद्ध अन्तरराष्ट्रिय र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलमा भने केही प्रगति देखिएको छ । यी ४ आयोजनाबाहेक अन्य आयोजनामा उत्साहजनक प्रगति छैन ।

महालेखापरीक्षकको ५८ औं वार्षिक प्रतिवेदन अनुसार २४ आयोजनामध्ये ५० प्रतिशतभन्दा कम वित्तीय र भौतिक प्रगति प्राप्त हुने गौरवका आयोजनाको संख्या १ दर्जन रहेको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार ९० प्रतिशत प्रगति भएका आयोजनामा माथि उल्लिखित आयोजना पर्छन् । २०६७/६८ मा शुरू गरिएका दुईओटा आयोजना पश्चिम सेती जलविद्यत् र विद्युत् प्रसारण आयोजनाको उपलब्धि शून्य नै रहेको देखिएको छ । शुरू मिति राखिए पनि सम्पन्न हुने समयसीमा नतोकिएका आयोजनाको अनुमानित लागत भने राखिएको छ । यी आयोजनामा हालसम्म कुनै खर्च भएको छैन ।

८० देखि ९० प्रतिशतसम्म प्रगति प्राप्त गर्ने आयोजनाको संख्या जम्मा २ रहेको छ । यी दुई गौरवका आयोजना पशुपति क्षेत्र विकास कोष र लुम्बिनी क्षेत्र विकास कोष हुन् । यी आयोजनामध्ये लुम्बिनीमा ५ अर्ब ५१ करोड र पशुपतिमा ८७ करोड खर्च भएको छ । यी २ आयोजना चालू आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । माथिल्लो तामाकोशी जलविद्युत् र मेलम्ची खानेपानी आयोजना सम्पन्न भई उद्घाटनसमेत भइसकेका छन् ।

उत्तरतर्पmको नाकासम्म सहज पहुँचका लागि शुरू गरिएका तीनओटा कोरिडोरहरूको प्रगति पनि उत्साहजनक छैन । उत्तर–दक्षिण कोरिडोरअन्तर्गत रहेको कर्णाली कोरिडोरमा २ अर्ब ४६ करोड खर्च हुँदा यसको प्रगति २० प्रतिशत रहेको छ भने कोशी कोरिडोरमा ३ अर्ब ४ करोड खर्च हुँदा प्रगति १९ प्रतिशत पुगेको छ । यस्तै कालीगण्डकी कोरिडोरमा ६ अर्ब ३६ करोड खर्च हुँदा २२ प्रतिशत प्रगति प्राप्त भएको छ ।

दशकौंअघि शुरू भएका आयोजना समयमै सम्पन्न नहुँदा लागत र समय बढ्दो छ । रेल, मेट्रोरेल चलाउने विषय चर्चामा आए पनि रेलवे तथा मेट्रो विकास आयोजनाको प्रगति जम्मा २ दशमलव शून्य ६ प्रतिशत रहेको भने ९ खर्ब ५५ अर्ब २२ करोड लगानी अनुमान गरिएको यो गौरवको परियोजनामा हालसम्म अर्थात् २०७६/७७ सम्ममा १९ अर्ब ६८ करोड खर्च भएको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved