Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ग्राहकको एक अर्ब ११ करोड रकम फिर्ता गर्न एनसेललाई नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 21, 2021
30 shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई प्रयोगकर्ताको अनुमति बिना सेवा दिएर लिएको शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको साउन ३२ गते बसेको बोर्ड बैठकले एक अर्ब ११ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको हो । दूरसञ्चार प्राधिकरणको सो निर्णय शुक्रबार प्रमाणीकरण भएको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बताए ।

२०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म एनसेलले स्वतः नवीकरण गरी गरी ‘गेमलफ्ट’ र ‘हुवावे एप ग्यालरी’ नामक भ्यास सेवाबाट ग्राहकबाट असुलेको रकम फिर्ता गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार यसबाट करबाहेक १ अर्ब ११ करोड ३७ लाख आर्जन गरेको पाइएको थियो । प्राधिकरणले गत भदौ १९ गते एनसेललाई कारबाही किन नगर्ने भन्दै पत्र काटेको थियो । गत असार १७ गते पुनः यो विषयमा एनसेलसँग स्पष्टीकरण मागिएको थियो । एनसेलले भने तेस्रो पक्षले प्रदान गर्ने सेवा भएकाले मोबाइलमा भएको ब्यालेन्स सेवा खरिद वापत भुक्तानीका लागि उपयोग गरिएको बताएको थियो ।

 

२०७५ असोज ६ गतपछि पूर्व स्वीकृति नलिई सेवा नवीकरण नगरिएको एनसेलको दावीलाई प्राधिकरणले भने सत्य नभएको ठहर गरेको छ । ‘अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणको स्वीकृति नलिई त्यस्ता सेवा सञ्चालन गरेको र प्राधिकरणको निर्देशन विपरीत सेवा सञ्चालन र अटो रिन्यु गरिरहेकाले एनसेल आजियाटालाई कारबाही गर्ने निर्णय गरिएको हो,’ प्राधिकरणको ठहर छ । एनसेलले तीन महिनाभित्र गैरकानुनी रुपमा लिएको १ अर्ब ११ करोड रूपैयाँ ग्राहकको मोबाइलमा फिर्ता गर्नुपर्ने भएको छ । रकम फिर्ता भएको जानकारी प्राधिकरणलाई दिनुपर्नेछ । २०७७ जेठ १८ पछि गरिएको स्वतः नवीकरण विवरण पेश गर्न कम्पनीलाई १५ दिनको सयम दिइएको छ । दूरसञ्चार ऐन २०५३ विपरीत कार्य गरेकाले ५० हजार जरिवाना समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved