Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सरकारले पैसा नदिँदा रोकियो कोरोना बीमा भुक्तानी, झन्डै १० अर्ब दिनुपर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 6, 2021
27 shares

काठमाडौं,सरकारले रकम निकासा नगर्दा कोरोना बीमाबापत् भुक्तानी गर्नुपर्ने रकम रोकिएको छ।

कोरोना संक्रमित भएर बीमा दावी गरेकाहरूले लामो समयसम्म भुक्तानी पाउन सकेका छैनन्, अझै कति समय लाग्ने हो टुंगो छैन। अहिलेसम्म सरकारले भुक्तानी गर्नुपर्ने रकम ९ अर्ब ६२ करोड ६ लाख रुपैयाँ पुगेको छ।

हालसम्म अनुदानसहित बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीको तर्फबाट संयूक्त रूपमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। कोरोना बीमा गर्दाको शुल्कवापत कम्पनीहरूले जम्मा १ अर्ब ५ करोड ५ लाख रुपैयाँ उठाएका थिए। हालसम्म १ लाख ३७ हजार ७५४ जनाको बीमा दावी परेको छ, तीमध्ये आधाभन्दा धेरैलाई भुक्तानी हुन बाँकी छ।

बिमक संघका अनुसार अर्थ मन्त्रालयमा रकम निकासाका लागि भनेर औपचारिक रूपमा पत्र पठाइएको छ। तर पत्रको कुनै जवाफ आएको छैन। ‘हामीले रकम निकासाका लागि भनेर अर्थ मन्त्रालयसँग पहल गरेका छौं’ बीमा समितिका सूचना अधिकृत निर्मल अधिकारीले भने।

उनका अनुसार अर्थलाई दुई पटकसम्म पत्र पठाइएको छ। पहिले साढे ७ अर्ब रुपैयाँ निकासीका लागि भन्दै पत्र पठाइएको थियो भने केही दिनअघि अर्को पत्रमा बाँकी सबै दायित्वको रकम निकासा गर्न भनिएको छ। तर अर्थले भने कुनै प्रतिक्रिया दिएको छैन।

यता आवद्ध निर्जीवन बीमा कम्पनीहरूले सरकारले रकम निकासा नगरेसम्म भुक्तानी नहुने स्पष्ट पारेका छन्। सरकारबाट रकम निकासा नभएपछि अहिले कोरोना बीमाको भुक्तानी पूर्ण रूपमा रोकिएको छ।

बीमक संघका एक सदस्यले भने ‘मापदण्डअनुसार बीमा कम्पनीहरूले तिर्नुपर्ने सबै रकम तिरिसके, अब सरकारले तिर्ने हो, जहिले निकासा हुन्छ, त्यसपछि मात्रै सर्वसाधारणलाई भुक्तानी हुन्छ।’

अब संक्रमित हुनेहरूले कोरोना बीमाको रकम दावी गर्न नपाउने भएका छन्। गत वैशाखदेखि सुरु भएको कोरोना बीमाको अवधि असार मसान्तमा सकिएको हो। यद्यपि यसअघि नै परेका आवेदनहरूको भने भुक्तानी हुनेछ। अब कोरोना बीमा योजना नआउने बीमक संघले जनाएको छ।

१९ निर्जीवन बीमा कम्पनीहरूले संयुक्त रूपमा ‘पुल’ मार्फत कोरोना बीमा योजना सञ्चालनमा ल्याएका थिए। अब कुनै पनि कोरोना बीमा योजना सञ्चालनमा नल्याइने भएको छ।

कोरोना बीमा मापदण्डमा नै एक अर्ब रुपैयाँसम्मको दावी भुक्तानी बीमा कम्पनीले नै बेहोर्नुपर्ने, १ अर्बभन्दा माथि २ अर्ब रुपैयाँसम्मको रकम नेपाल पुनर्बीमा कम्पनीले, २ अर्ब रुपैयाँदेखि साढे २ अर्ब रुपैयाँसम्मको रकम बीमक कम्पनीहरूको महाविपत्ति पुलले र साढे २ देखि साढे ३ अर्ब रुपैयाँसम्म भुक्तानी बीमा समितिले बेहोर्नुपर्ने उल्लेख छ। जुन कार्यान्वयनमा आइसक्यो।

साढे ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्नु परेमा सरकारले ब्यहोर्ने मापदण्डमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved