Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङमा हाकिम र कर्मचारी मिलेर सूचनाको पैसा झ्वाम

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 29, 2021
111 shares

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/०७९ देखी जिल्लाका सञ्चारमाध्यमलाई प्राथमिता दिने भएको छ। स्थानीय सञ्चार माध्यमको प्रवर्धन र संरक्षण गर्न भन्दै नगरपालिकाले जिल्लाका सञ्चार माध्यमलाई प्राथमिकता दिने भएको हो। नगरपालिकामा हुने जुनसुकै सूचना सन्देश तथा विज्ञापन जिल्ला भित्रका सञ्चार माध्यम बाहेक अन्यलाई उपलव्ध नगराईने नगर प्रमुख दिपनारायण रिजालले जानकारी दिए।

उनले भने, ‘हामीले ०७८/०७९ को नीति तथा कार्यक्रममै यो एजेण्डा पास गरेका हौँ। तर, कार्यान्वयन गर्न बाँकी थियो। हामीले अब कुनै पनि सूचना, विज्ञापन जिल्लाका सञ्चारमाध्यम, पत्रकार तथा सञ्चारकर्मी बाहेक अन्यलाई उपलव्ध गराउँदैनौं।
नगर प्रमुख रिजालले जिल्लाका सबै पत्रकारलाई राखेर भने, ‘स्थानीय पत्रपत्रिका, रेडियो तथा अनलाइनमा प्रकाशन गर्ने सूचना, सन्देश त छँदैछ, राष्ट्रिय पत्रपत्रिकामा अनिवार्य छाप्नुपर्ने टेन्डर आह्वान लगायतका सूचना राष्ट्रिय मिडियाका खोटाङ संवाददातामार्फत मात्र छाप्ने गरि कार्यान्वयन गर्नेछु।

जिल्लाका स्थानीय तह, विषयगत कार्यालयहरुबाट सेटिङमा सूचना बाहिरिरहेको बेला नगरपालिकाले गरेको मिडियामैत्री काम जिल्लाका सञ्चारमाध्यम, सञ्चारकर्मी तथा पत्रकारहरुको लागि कुनै नौलो होइन।
जिल्लाकै दिप्रुङ चुइचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले अघिल्लो आर्थिक वर्ष नै लोक कल्याणकारी सूचना र सबैखाले विज्ञापन जिल्लाकै सञ्चारमाध्यमलाई उपलव्ध गराउने भनि नीति तथा कार्यक्रम नै पारित गर्योे।

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ०७७/ ०७८ मा लागु गर्ने गरि उक्त निर्णय पास गरेपछि जिल्लाका पत्रकार तथा सञ्चारकर्मीले सामाजिक सञ्जालमार्फत बधाई दिए। पत्रकारको हितमा देशकै नौलो काम भएको भन्दै स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा समेत ठुलो ठुलो हेडलाइनमा समाचार छापिए। त्यसको जस ति पालिकाका प्रमुखले लिए।

०७७/ ०७८ मा हलेसी तुवाचुङ नगरपालिकाले थोरबहुत जिल्लाकै सञ्चारमाध्यमलाई स्थानीय सूचना दिएपनि राष्ट्रिय सूचना गायव गर्यो।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले त न स्थानीय सूचना दियो न राष्ट्रिय। पत्रकार र सञ्चारमाध्यमलाई नै बरु जालझेल गर्ने र सस्तो मिडियाप्रियता गर्ने काम चाँही गरे। अन्य स्थानीय तह वेखबर छन्। जनप्रतिनिधिले सिङ्को भाँच्दा पनि बढाइ चढाइ गरेर वाह वाह बनाइदिने जिल्लाका सञ्चारमाध्यमको हविगत उही छ। स्थानीय सञ्चारमाध्यमको प्रर्वधन र विकास गरिनेछ भन्ने पालिका प्रमुखहरुको मुखमा थेगो हरेक वर्ष कायम छ। तर, जिल्लाका मिडियाको हविगतले मुहार फेरेको छैन्।

 

एक वर्षभरि विज्ञापन छापेका जिल्लाका सञ्चारमाध्यमले भुक्तानीका लागि विल पठाए भने जनप्रतिनिधिले भागबण्डा लगाउँछन र यसलाई यति उसलाई उति! स्थानीय तह, वडा कार्यालय र विषयगत कार्यालयमार्फत जिल्लाभन्दा बाहिरका सञ्चारमाध्यम र विज्ञापन ऐजेन्सीलाई वार्षिकरुपमा करिव आठ करोड बजेट जाने गरेको एक स्रोतले बतायो।
स्रोत भन्छ, ‘जनप्रतिनिधिले नै खाए त भन्दिन तर, हाकिम र कर्मचारी मिलेर सूचनाको पैसामा रजाँइ गरेका छन्।’

विज्ञापन ऐजेन्सीसँग कर्मचारीले फलालो पत्रिकामा विज्ञापन छपाइदिनु भन्छ, र ५० प्रतिशत कर्मचारीले नै माग्छ। अनि हामीले पनि बाध्य भएर दिनुपर्छ एक ऐजेन्सी संचालकले भने। हामी खोटाङ पनि आउँदैनौ, विज्ञापन पनि माग्दैनौं, तर, कर्मचारीले फोन गरेर हामीलाई दिन्छन् हामीलाई पनि थोरै फाईदा कर्मचारीलाई पनि फाईदा ति सन्चालकको दावी छ।

करिव आठ करोड बजेट बाहिरिँदा जिल्लाका दुई रेडियो, तीन साप्ताहिक पत्रिका, दुई दैनिक पत्रिका, एक पाक्षिक पत्रिका र ७ वटा अनलाइन पत्रिका गरि सबैको एकमुष्ट हिसाव गर्दा वार्षिक ५ लाख मात्र बजेट पाउने गरेको खुलेको छ।
बाँकी ७ करोड ९५ लाखमा ऐजेन्सी र कर्मचारी मोटाएका छन्। अनि जिल्लाका सन्चारमाध्यमको प्रवर्धनको कुरा कुनै कार्यालयमा छुट्दैन।

नेपाल पत्रकार महासंघ शाखा खोटाङ भन्छ, ‘हामीले चार वर्ष हेर्यो मात्र, अव सूचनाको हक प्रयोग गरेर सबै कुरा खोतल्छौं।’
यसरी चुहावट भएको रकम पालिकाको विकास निर्माणमा लगाउन वा जिल्लाकै सञ्चारमाध्यमको प्रवर्धनमा खर्च गर्न पाए कति राम्रो हुन्थ्यो ? जनप्रतिनिधिले किन कानमा तेल हालेका होलान?

तेतिमात्र हैन, जिल्ला बाहिर रहेर पनि जिल्लाभित्रका गतिबिधिहरुलाई समेटी खबर बनाउछुभन्दा ” बाहिरको मिडियालाई बिज्ञापन न सक्ने बताउछन सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधीहरु । के आफ्नो स्थानिए निकाएको समाचारको लागि आफ्नो जिल्लामै रहनु पर्ने हो र ??

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved