Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

फेरि बल्झियो बङ्गलादेश बैंकको जग्गा खरिद प्रकरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 26, 2021

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको जग्गा खरिद प्रकरण फेरि एक पटक विवादका रुपमा ब्युँतिएको छ । नेपाल राष्ट्र बैंकले पठाएको पत्रको जवाफ प्रमुख कार्यकारी अधिकृतले सुटुक्क लेखेर पठाएपछि बैंकका कतिपय सञ्चालकहरू आक्रोशित बनेका छन् ।

यो विषय फेरि सतहमा आउनुको कारण चाहिँ सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले सञ्चालक समितिलाई जानकारी नै नदिई राष्ट्र बैंकलाई जवाफ पठाएकोले हो । बैंक सम्बद्ध श्रोतका अनुसार असार १७ गते राष्ट्र बैंकलाई बङ्गलादेश बैंकका सिईओले जवाफ पठाएका थिए ।

जग्गा खरिद प्रक्रियामा ठुलो अनियमितता भएको आरोप बारे प्रश्न सोध्दै राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागले के हो भनी बैंकलाई पत्र पठाएको थियो । राष्ट्र बैंकको पत्रमा बङ्गलादेश बैंकको केन्द्रीय कार्यालय निर्माणका लागि विशाल नगरको आवासीय क्षेत्र स्थित आनाको ३० लाख रुपैयाँ भन्दा बढी नपर्ने सात रोपनी ९ आना जग्गा खरिद प्रक्रियामा भएको अनियमितताबारे जवाफ माग गरिएको छ ।

पत्रमा अगाडी लेखिएको छ– खरिदको कुनै प्रक्रिया पुरा नगरी जग्गा खरिदका लागि गठन गरिएको बैंकका सञ्चालकहरू सरवार हुसेन र दीपक कार्की सम्मिलित जग्गा खरिद समितिमा जग्गा बिक्रीको प्रस्ताव नल्याई समितिको संयोजक र व्यवस्थापनको मिलेमतोमा प्रतिआना रु. ७८ लाख मूल्य कायम गरी खरिद गरी करिब ६० करोड भन्दा बढी भ्रष्टाचार गरी बैंकलाई हानी नोक्सानी गरिएको भन्ने विषयमा समावेश गरी सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता हुन आएको उजुरीको सन्दर्भमा तहाँको राय÷प्रतिक्रिया तीन कार्य दिनभित्र यस विभागमा उपलब्ध गराइदिन हुन निर्देशानुसार अनुरोध गर्दछु ।

उल्लेखित ब्यहोरामा प्राप्त पत्रको जवाफ सिइओ ढुंगानाले गुपचुपरुपमा पठाएपछि बैंकका सञ्चालकहरूमा फेरि छटपटी सुरु भएको हो । त्यसो त २०७६ साल वैशाख २४ गते नै योगेश्वर माली नाम गरेका एक लगानीकर्ताले अख्तियार र राष्ट्र बैंक दुबैतिर ठुलो अनियमितताको आरोपसहित उजुरी हालेका थिए ।

सो उजुरीका सम्बन्धमा अख्तियारले चासो राख्दै राष्ट्र बैंकलाई पत्र पठाएपछि बाध्य भएर राष्ट्र बैंकले कर्मकाण्डी भाषामा बङ्गलादेश बैंकलाई प्रश्न सोधेको थियो । राष्ट्र बैंकले सोधेको प्रश्नको समेत सिइओ ढुंगानाले मनमौजी जवाफ पठाएको सो बैंकका सञ्चालकहरू बताउँछन् । एक स्वतन्त्र सञ्चालकका अनुसार यो प्रकरणमा सिइओ ढुंगाना र राष्ट्र बैंकको पहिलेदेखि नै मिलेमतो रहँदै आएको छ । त्यसै कारण प्रश्न नै नरम खालको सोधिएको छ । अनि ढुंगानाले पनि आफूखुसी जवाफ फर्काउने आँट गरेका हुन् ।

त्यसो त अख्तियारमा परेको उजुरीमा नै एक अर्बमा जग्गा खरिद गरेर भवन बनाउँदा पनि थप दुई अर्ब खर्च हुने हुँदा बैंकको सम्पूर्ण पुँजीको २५ प्रतिशत भन्दा बढी घरजग्गा खरिदमा नै खर्च लाग्ने देखिएकाले सो कार्य राष्ट्र बैंकको निर्देशन विपरीत हुने उल्लेख गरिएको छ । जग्गा खरिदमा अनियमितता भयो भन्नेहरूले व्यापारी अजय सुमार्गीले ६० लाख प्रतिआनामा बेच्न तयार पारेको जग्गा कमिसनको चक्करमा परेर ८० लाख प्रतिआनामा खरिद गरेको आरोप लगाएका छन् ।

आर्थिकन्यूज बाट सभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

हर्क साम्पाङकाे ३३ बुँदे सुझाव : श्रम, उत्पादन र आत्मनिर्भरतात...

  • April 21, 2026

आज बसेकाे मन्त्रिपरिषद् बैठककाे महत्वपूर्ण निर्णय: कानुन संशोध...

  • April 21, 2026

खोटाङको खानेपानी संकटबारे उच्चस्तरीय छलफल

  • April 21, 2026

जनमतको उदय र जिम्मेवारीको प्रश्न : बालेनप्रति डर कि लोकतन्त्रप...

  • April 21, 2026

उदयपुरकाे बेल्टारमा भिषण आगलागी , दुईकाे मृत्यु

  • April 21, 2026

यी हुन् प्रधानमन्त्रीसहित १६ मन्त्रीको सचिवालयमा नियुक्ति पाएक...

  • April 19, 2026

निजी क्षेत्र र गैरसरकारी संस्थाहरुमाथि कडाइका लागि नियमनकारी न...

  • April 19, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved