सर्वसाधारणका लागि छुट्टाइएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानीमा विक्रि गर्ने कम्पनीले जनाएको छ । शेयर खरिद गर्न न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम् मगर्न सकिनेछ ।

कर्मचारी र सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याउन भएको हो ।










