काठमाडौं । नेत्रबिक्रम चन्द विप्लव समूहका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले वलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
शेरबहादुर देउवा प्रधानमन्त्री बन्ना साथै नेत्रबिक्रम चन्द माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपाललाई भेटघाट गरेका थिए। प्रचण्ड र नेपाललाई भेट गरेसँगै विप्लव समूहका हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

नख्खुस्थित एनसेल मुख्य कार्यालयमा बम विस्फोट गराएको आरोपमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले उनलाई २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
स्रोतका अनुसार देउवाले विप्लव समूहलाई पनि सरकारमा सहभागी गराउन सक्ने संकेत देखिएको छ। ओली सरकार हुँदा सान्तिपूर्ण राजनीतिमा आएको यो समूहसँग ३ बुँदे सहमति भएको थियो। तर ओली सरकारले कार्यान्वयन नगरेपछि देउवा सरकार बने लगत्तै आफ्ना नेता, कार्यकर्ता छुटाउन विप्लवले माग गर्न थालेको छ।










