काठमाडैं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको इन्डियन एक्सप्रेस, हिन्दुस्तान टाइम्स, द हिन्दुको अनलाइन संस्करण भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशन प्रसारण गरेका छन् ।
आज भारतीय मिडियाले यो खबर दिइरहेका छन् । देउवा पाचौं पटक प्रधानमन्त्री बनेको खबर प्रकाशित गरेको छ । देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने विषय पनि उल्लेख गरेका छन् ।











