Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बैठक चल्दाचल्दै बाहिरिए शंकर पोखरेल, गरे सनसनीपूर्ण खुलासा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2021
48 shares

काठमाडौं । एमाले कार्यदलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । आज मध्याह्न १२ बजेदेखि जारी बैठकमा सहमतिको प्रयास भइरहेको कार्यदलका सदस्य शंकर पोखरेलले जानकारी दिए ।

बैठकबाट बाहिरिएका पोखरेलले सञ्चारकर्मीलाई संक्षिप्त जवाफ दिँदै आफूहरू सहमतिका लागि अधिकतम प्रयास गरिरहेको बताए । उनले भने,“हामी अधिकतम प्रयास गरिरहेका छौँ । सम्भवतः आजै टुङ्याउँछौँ।”

कार्यदलका सदस्यहरूले छलफलहरू सकारात्मक रहेको बताइरहेका छन् । तर बिहीबार कार्यदलका अर्का सदस्य घनश्याम भुसालले भने १० दिनदेखि खासै प्रगति हुन नसकेको बताएका थिए ।

बिहीबारको बैठकपछि भने बरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता घनश्याम भूसालले वार्तामा १० दिनदेखि कुनै प्रगति नभएको बताएका थिए । उनी नेपालका तर्फबाट कार्यदल सदस्य हुन् ।

नेपाल समूहले भने २३ फागुन यताको सबै निर्णय खारेजको प्रस्ताव गरेको छ । अध्यक्ष ओलीले २८ फागुन यता माधव नेपाल समूहका नेताहरुलाई भूमिका विहीन बनाउनेगरी संगठन निर्माण र दशौं महाधिवेशनसम्मका निम्ति महत्वपूर्ण निर्णय गरेका छन् । नेपाल समूहले ओली पक्षले गरेका सवै निर्णय खारेज हुनुपर्ने र आफ्नो तर्फबाट भएको निर्णयहरु पनि खारेज हुने अडान लिएको छ ।

केन्द्रीय कमिटीमा सन्तुलन गर्ने नेपाल समूहले अर्को अडान छ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्दा थपिएका ३८ केन्द्रीय सदस्य एक्लौटी गरिएको थियो ।

तेस्रो अडान हो, सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता नलिने । अध्यक्ष ओलीले भने हस्ताक्षर फिर्ताको अडान अझै छोडेका छैनन् । बुधबार साँझ बरिष्ठ नेता नेपालसँग ‘वान अन वान’ वार्तामा पनि ओलीले यो अडान राखेका थिए ।

तर फरक परिस्थितिमा हस्ताक्षर गरिएको र त्यसको उद्देश्य संसद् बचाउनु भएकाले फिर्ता नहुने नेपाल समूहको अडान छ । एमालेको एकता गर्दा यो विषयमा मौन रहनुपर्ने नेपाल पक्षको मत छ ।

पछिल्लो समय एमाले कार्यदलको पटक-पटक बैठक बस्दै आए पनि कुनै खालको सहमति हुन सकेको छैन। पटक-पटक बैठक बसेपनि सहमति जुट्न नसकेपछि अब एमाले फुट्न सक्ने स्रोतले बतायो।

स्रोतका अनुसार सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा बसेको कार्यदल बैठक मूल विषयमा प्रवेश नै नगरी सम्पन्न भएको हो । बिहिबार विहान बसेको कार्यदलको बैठकले अहिले बसेको बैठकले सहमतिको खाका तयार पार्ने बताईएको थियो ।

आजको बैठकमा मूल विषयमा नै प्रवेश नगरिएको नेताहरुको प्रतिक्रिया छ । वार्ता तथा छलफलमा कुनै प्रगति नभएको भन्दै माधव नेपाल पक्षका सदस्य घनश्याम भुषालले निराशा व्यक्त गरे । पछिल्लो दश दिनसम्म कुनैपनि प्रगति नभएको भुषालको भनाई थियो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै कार्यदलका सदस्य एवं एमाले उपमहासचिव घनश्याम भुसालले भने, ‘विहान जे थियो, त्यही नै छ ।’

उनले अघि भने, ‘अनौपचारिक छलफल गरेर हामीले १० दिन अगाडि केही एजेण्डाहरु तय गरेका थियौं । गएको १० दिनदेखि हामीले विभिन्न कारणले खास, ठोस, मूर्त योगदान गर्न सकेका छैनौं ।’

नेताहरुले त साँझ सहमति जुट्छ भनेका थिए नि भन्ने प्रश्नमा भुसालले भने, ‘अनौपचारिक छलफल गरेर हामीले १० दिन अगाडि केही एजेण्डा तय गरेका थियौं । १० दिनदेखि विभिन्न कारणले हामीले खास, ठोस, मूर्त योगदान गर्न सकेका छैनौं ।’

तर, अध्यक्ष केपी शर्मा ओली पक्षधर नेता सुवास नेम्वाङले भने वार्ता सकारात्मक भएको दाबी गरे । र, भोलि बस्ने बैठकले सबै कुरा टुँगो लगाउने विश्वास दिलाए । कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् । उता, नेपाल पक्षबाट भने भीम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भरत दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

  • September 24, 2026

वियोगान्त (कविता)

  • September 24, 2026

डाेल्पामा सीता एयरको जहाज दुर्घटना

  • September 24, 2026

पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत पूर...

  • September 23, 2026

६ लघुवित्त संस्थामाथि राष्ट्र बैंकको कारबाही, पुँजीकोष र नगद म...

  • September 23, 2026

उर्जामन्त्री श्रेष्ठले आज सदनलाई सम्बाेधन गर्ने

  • September 23, 2026

ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाल...

  • September 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved