Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओलीसँग पार्टीएकता भन्नुको अर्थ लम्पसार हुनो हैन – नेतृ रामकुमारी झाँक्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2021
काठमाडौं । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले एकता भन्नुको अर्थ लम्पसार हुनु नभएको भन्दै राजनीतिक जमिन र बास्तविकतामा आधारित भएर एकता हुनुपर्नेमा जोड दिएकी छिन् । झाँक्रीले, आफूहरुले कहिल्यैपनि एमाले फुटाउन नचाहेको जिकिर गरिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । 

झाँक्रीले अध्यक्ष केपी शर्मा ओली पक्षधरसँग वार्तामा रहेका आफ्नो तर्फबाट नेताहरुले सार्वजनिक खपतको लागि मिडियामा बोल्नु गलत भएको पनि टिप्पणी गरिन् । उनले अध्यक्ष केपी शर्मा ओली स्टेप–डाउन नभएसम्म एकता असम्भव रहेको पनि जिकिर गरिन् । उनले प्रधानमन्त्री ओलीले राजनीतिक अपराध गरेकोले यसप्रति ओली जवाफदेही हुनुपर्ने बताईन् । उनले पार्टी एकताको लागि ओलीले अध्यक्षबाट हट्नुपर्ने बताएकी छिन् ।

उनले कार्यदलमा रहेका आफू पक्षधर सदस्य सुरेन्द्र पाण्डेले भन्दैमा आफूहरुको हस्ताक्षर फिर्ता नहुने दाबी गरिन् । उनले भनिन्,‘हस्ताक्षर फिर्ता लिनको लागि केपी ओलीले दिएको अल्टिमेटम सकिसकेको छ । शेरबहादुर देवालाई दिएको समर्थन यथावत छ । यो भोलिपनि रहन्छ ।’ देउवालाई किन समर्थन गरेको र कहीँ नभएको जात्रा हाडीगाउँमा देखाएको ? भनेर पत्रकार धमलाले प्रश्न सोध्दा उनले आक्रोशित हुँदै भनिन्–‘तपाईँले पनि जात्रा नदेखाउनु, अदालत जाने बेला हामी गैरसांसद भयौं ? हामी सांसद होईनौं भनेर अदालतमा मुद्दा हाल्नुहोस । तपाईँ व्यक्तिगत कुरामा किन जानुहुन्छ ?’ मिडियाले पनि एमालेको कार्यदलको बैठकलाई यति धेरै महत्व नदिएको भए हुन्थ्यो भन्ने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

यी हुन् भक्तपुरमा रहेकाे सरकारि जमिन

  • May 3, 2026

सार्वजनिक जग्गा अतिक्रमणदेखि हतियार बरामदसम्म: इन्द्रकुमार चाम...

  • May 3, 2026

सुकुमबासी हटाउँदा घरबारविहीन नबनाइने : रवि लामिछाने

  • May 3, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक सुरु, सागर...

  • May 3, 2026

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, अ...

  • May 2, 2026

संविधान संशोधनमा सर्वपक्षीय सहभागिताकाे आवस्यक : माननीय आरेन राई

  • May 2, 2026

राष्ट्रपतिद्वारा लगातार अध्यादेश वर्षा: तीन नयाँ संशोधन सार्वजनिक

  • May 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved