Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जेठयता साढे ३ अर्ब खर्च

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2021
30 shares

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट आर्थिक वर्षको अन्तिममा धमाधम खर्च हुन थालेको छ । वर्षा लागेर जाताततै सडकमार्गहरु अवरुद्ध भएका बेला सडक केन्द्रित रोजगार कार्यक्रमको कार्यान्वयन तीव्र भएको हो ।

गत वैशाख मसान्तसम्म करिब ४० करोड मात्रै बजेट स्थानीय तहले खर्चेका थिए । तर, जेठयता मात्रै करिब थप साढे ३ अर्ब बजेट खर्च भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार बुधबार साँझसम्म कार्यक्रम अन्तरगत ज्यालका लागि चालु आर्थिक वर्षमा ३ अर्ब ८३ करोड ८३ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ । गत वैशाख २६ गतेसम्म यस्तो खर्च ३९ करोड २३ लाख मात्रै थियो । यसरी हेर्दा करिब डेढ महिनामा ३ अर्ब ४४ करोड रुपैयाँ खर्च भएको छ ।

त्यसपछि देशभर निषेधाज्ञामा कडाइ भएपछि देशभर कार्यक्रमको कार्यान्वयन प्रभावित भएको भनिएको थियो । तर, असार लागेयता भने कार्यक्रमको खर्च गुणात्मक दरले बढ्न थालेको देखिन्छ ।

सरकारले रोजगारी सिर्जना गर्ने प्रमुख कार्यक्रम भन्दै ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म पनि फितलो थियो । चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) बित्दा पनि कार्यक्रमको ११ अर्ब ६० करोड बजेटमध्ये २९ करोड ३४ लाख (२.५३ प्रतिशत) मात्रै खर्च भएको थियो । वैशाख महिनामा मुस्किलले ११ करोड खर्च गरेको कार्यक्रमले अहिले भने दैनिक करोडौं रकम ज्यालाबापत भुक्तानी गरिरहेको छ ।

 

आर्थिक वर्ष सकिन तीन महिना बाँकी हुँदा पनि खर्च न्यून भएकाले यो वर्ष पनि कार्यक्रममार्फत विनियोजित रकम दुरुपयोग हुन थालेको छ । यो वर्ष सरकारले ८ अर्ब ८८ करोड ६८ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ ।

गत वर्षहरूमा पनि स्थानीय तहले आर्थिक वर्षको अन्तिम महिनातिर आयोजनाको बजेट सडकसहितका आयोजनाहरूमा अन्धाधुन्द खर्च गरेका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार यो वर्ष अहिलेसम्म ७४२ स्थानीय तहमा १५ हजार १८१ वटा आयोजना कार्यान्वयनमा छन् । १० वटा स्थानीय तहले कार्यक्रमको बजेट परिचालन नै गरेका छैनन् । स्थानीय तहले छनोट गरेका आयोजनामा केही दिनको काम दिइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले यो वर्ष दुई लाख जना सूचीकृत विपन्न बेरोजगारलाई १०० दिनको रोजगारी दिने लक्ष्य लिएको थियो । तर, कार्यक्रम वितरणमुखी भएकाले अहिलेसम्म एक लाख ४८ हजार ८३७ जनाले कुल ७९ लाख ९४ हजार ९१५ दिनको काम पाएका छन् ।

कार्यक्रमअन्तर्गत ७ लाख ५३ हजार १५६ जना सूचीकृत बेरोजगार छन् । स्थानीय तहलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रमका लागि सशर्त अनुदान पठाउने गरेको छ । रोजगार कार्यक्रमका नाममा स्थानीय निकायहरूको खातामा बजेट हुन्छ ।

यस्तो अनुदान रकम कतिपय स्थानीय तहले वितरणमुखी तरिकाबाट साना पूर्वाधार आयोजनाहरूमा असार लागेपछि बढी खर्च गर्ने गरेका छन् । त्यसबाट न श्रमिकले पर्याप्त लाभ उठाउन सकेका छन्, न त रकमको सदुपयोग नै भएको छ ।

रोजगार कार्यक्रमको बजेट सडकको नाली सफा गर्ने, झार उखेल्ने, सडक बढार्ने, स्थानीय तहको आँगन सफा गर्नेलगायत काम दिएर सरकारको करोडौं रकम खर्च हुने गरेको छ । तर, जनश्रमदानबाट गर्न सकिने काममा पनि ठूलो बजेट खर्चिएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।

यो वर्ष स्थानीय सरकारहरूले श्रम मन्त्रालयमा कार्यक्रमका लागि प्रस्तावित आयोजनाको सूची पठाएका थिए । संघ सरकारले स्थानीय तहले पठाएका आयोजनालाई हेरफेर गरेको छैन । स्थानीय तहले छानेका आयोजनामा बेरोजगार सूचीमा रहेकाहरूले काम पाउने गरी अनुमति प्रदान गरिएको छ ।

धेरैजसो स्थानीय तहले कार्यक्रमका लागि सडक, कुलो मर्मतलगायत आयोजनाका लागि खर्च गर्ने प्रस्ताव गरेका थिए । यो वर्ष सञ्चालित आयोजनामध्ये १५ हजार १ सयमध्ये ७ हजार २ सय योजना सडक यातायातसम्बद्ध छन् । साना सामुदायिक पूर्वाधारका विभिन्न आयोजनाहरूको संख्या २ हजार ८ सय छ ।

गाउँपालिका महासंघले कार्यक्रमको मोडालिटी ‘कामका लागि भुक्तानी’ मात्रै भएको भन्दै दीर्घकालीन रोजगारी सिर्जनाबारे सोचेर सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउँदै आएको छ । सरकारले स्थानीयस्तरमा आवश्यक जनशक्तिबारे अध्ययन गरेर कार्यक्रम ल्याउन महासंघले सरकारलाई आग्रह गरे पनि सुनुवाइ भएको छैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved