सेयर बजारमा कारोबार रकम र बजार परिसूचक लगातार घट्दै गएको छ । लगातार साताको दोस्रो कारोबार दिन पनि सेयर परिसूचक नेप्सेमा गिरावट आएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ११.७८ अंकले गिरावट हुँदा २८२२.७४ अंकमा बन्द भएको छ ।

बजार परिसूचक ओरोला लाग्दा कारोबार रकम पनि ५ अर्बबाट झरेको छ । आज नेप्सेमा १ करोड ६३ हजार ६३६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १३ हजारको कारोबार भएको छ ।










