Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

धार्मिक स्वतन्त्रता र सामाजिक न्यायको माग गर्दै संयुक्त नागरिक पार्टीको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 5, 2026
58.3KShares

काठमाडौं । मानव अधिकार, धार्मिक स्वतन्त्रता, सामाजिक समानता तथा जातीय विभेदको अन्त्यको माग गर्दै संयुक्त नागरिक पार्टीले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण खबरदारी तथा ध्यानाकर्षण कार्यक्रम गरेकाे छ। देशमा राजनीतिक नेतृत्वको अभाव, राज्यको अभिभावकीय भूमिकामाथि उठिरहेका प्रश्न तथा अल्पसंख्यक समुदायका अधिकारसम्बन्धी विवादलाई मुख्य मुद्दा बनाउँदै आयोजित कार्यक्रममा धार्मिक स्वतन्त्रता र संविधानप्रदत्त मौलिक अधिकारको संरक्षण गर्न सरकारसँग माग गरिएको थियो।

पार्टीका उपमहासचिव श्यामकाजी सुनुवारले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ नेता दलमर्दन कामी, कुमारी घले र माननीय उत्तमकुमार परियारलगायतले सम्बोधन गरेका थिए। वक्ताहरूले धार्मिक आस्थाका आधारमा कुनै पनि नागरिकमाथि विभेद, दुर्व्यवहार तथा उत्पीडन हुन नहुने धारणा राख्दै राज्यले सबै धार्मिक समुदायलाई समान व्यवहार गर्नुपर्ने बताएका थिए। विशेषगरी ख्रीष्टियन समुदायमाथि लक्षित आक्रमण, धार्मिक गतिविधिमा अवरोध तथा अल्पसंख्यकको संवैधानिक अधिकारमाथि चुनौती उत्पन्न भएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

कार्यक्रममा विदेशी पर्यटक, धार्मिक स्वयंसेवक तथा स्वास्थ्य सेवामा संलग्न व्यक्तिहरूमाथि हुने भनिएका मनपरी गिरफ्तारी, प्रशासनिक हस्तक्षेप र देश निकाला गर्ने कार्यप्रति पनि विरोध जनाइएको थियो। वक्ताहरूले धार्मिक तथा मानवीय सेवाका गतिविधिलाई आपराधिक दृष्टिकोणबाट हेर्न नहुने उल्लेख गर्दै कानुनी प्रक्रिया र मानव अधिकारको सम्मान गर्नुपर्ने बताएका थिए। त्यस्तै, केही राजनीतिक तथा अतिवादी समूहबाट सार्वजनिक रूपमा व्यक्त हुने हिंसात्मक अभिव्यक्ति र धम्कीप्रति चिन्ता व्यक्त गर्दै घृणात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने जोकोहीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने माग गरिएको थियो।

यसैगरी, शिल्पी तथा दलित समुदायमाथि कायम जातीय विभेद र छुवाछुत अन्त्य गर्न विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने विषयलाई पनि प्रदर्शनमा प्राथमिकता दिइएको थियो। कार्यक्रममा जातीय समानता, सामाजिक सम्मान र न्याय सबै नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गर्दै विभेदकारी व्यवहारविरुद्ध राज्यका निकाय जिम्मेवार बन्नुपर्ने आवाज उठाइएको थियो।

कार्यक्रममा ‘धार्मिक उत्पीडन बन्द गर’, ‘आस्था अधिकार हो, अपराध होइन’, ‘सबै धर्मलाई समान स्वतन्त्रता देऊ’, ‘छुवाछुत अन्त्य गर’, ‘दलित तथा शिल्पी समुदायलाई न्याय देऊ’, ‘घृणात्मक अभिव्यक्तिमाथि कारबाही गर’ र ‘सचेत नागरिक, जवाफदेही सरकार’ लगायतका नारा लगाइएको थियो। संयुक्त नागरिक पार्टीले धार्मिक स्वतन्त्रता, मानव अधिकार, सामाजिक न्याय, जातीय समानता तथा नागरिक सुरक्षाका विषयमा राज्यलाई जिम्मेवार बनाउन निरन्तर खबरदारी आवश्यक रहेको सन्देश दिँदै कार्यक्रम  गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग लिए ब्रिफिङ

  • November 5, 2026

आईजीपी कार्की शक्ति प्रदर्शन गरेपछि  पदबाट हटाइए : रास्वपा नेत...

  • November 5, 2026

पाकिस्तानमा ‘पाकिस्तान–चीन अनुसन्धान केन्द्र’ स्थापना, दुई देश...

  • November 5, 2026

इनमसँग नाम जाेडिए पछि गगन पक्राउकाे तयारीमा सरकार

  • November 5, 2026

धार्मिक स्वतन्त्रतामाथि राज्यको प्रश्न : सरकारलाई खबरदारी गर्न...

  • November 5, 2026

सेन्सरको ‘युनिभर्सल’ अनुमति पाएको ‘पाँच पाण्डव’ प्रदर्शनमा रोक...

  • November 5, 2026

मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाका कर्मचारीको १ करोड ९७ ला...

  • November 5, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved