Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इनमसँग नाम जाेडिए पछि गगन पक्राउकाे तयारीमा सरकार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 5, 2026
40.3KShares

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी परिवर्तनसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि प्रहरी निगरानी बढाइएको उनको सचिवालयले दाबी गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला कदमको आलोचना गर्दै आएका थापामाथि न्यौपाने थरका एक डीएसपीको टोलीले चार–पाँच दिनदेखि निगरानी गरिरहेको सचिवालयका सदस्यहरूको भनाइ छ।

थापाको निवास, सम्पर्क कार्यालय, पार्टी कार्यालय र भेटघाट गर्ने स्थानमा प्रहरीले निगरानी गरिरहेको उनीहरूको दाबी छ। सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्रीको टिममा थापालाई पक्राउ गर्ने विषयमा समेत छलफल भइरहेको छ।

इनम सापकोटाको बयानबारे सोधपुछका नाममा थापालाई हिरासतमा राख्ने तयारी भइरहेको आशंका कांग्रेस नेताहरूले गरेका छन्। इनमको सार्वजनिक अडियोमा सभापति थापाले पार्टीको वैधानिकता प्राप्त गर्न १८ करोड रुपैयाँ खर्च गरेको प्रसंग उल्लेख छ ।

सम्भावित पक्राउको आशंकाबीच थापाले बुधबार पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् भने बिहीबार पदाधिकारी बैठक बोलाएका छन्।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी र नेतृत्वविरुद्ध भइरहेका गतिविधिको कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने बताएका छन्। पार्टीले आधिकारिकतासम्बन्धी विवादमा निष्पक्ष छानबिनको माग गर्दै उपसभापति पुष्पा भुसाल र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग लिए ब्रिफिङ

  • November 5, 2026

आईजीपी कार्की शक्ति प्रदर्शन गरेपछि  पदबाट हटाइए : रास्वपा नेत...

  • November 5, 2026

पाकिस्तानमा ‘पाकिस्तान–चीन अनुसन्धान केन्द्र’ स्थापना, दुई देश...

  • November 5, 2026

धार्मिक स्वतन्त्रता र सामाजिक न्यायको माग गर्दै संयुक्त नागरिक...

  • November 5, 2026

धार्मिक स्वतन्त्रतामाथि राज्यको प्रश्न : सरकारलाई खबरदारी गर्न...

  • November 5, 2026

सेन्सरको ‘युनिभर्सल’ अनुमति पाएको ‘पाँच पाण्डव’ प्रदर्शनमा रोक...

  • November 5, 2026

मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाका कर्मचारीको १ करोड ९७ ला...

  • November 5, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved