Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा, इभी कारबाट ३३ लाख रुपैयाँ बरामद

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 2, 2026
11.7KShares

भक्तपुर। मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ। नगरपालिकाबाट बाहिरिएको एक विद्युतीय गाडीमा स्रोत नखुलेको ३३ लाख रुपैयाँ फेला परेपछि आयोगले घिमिरेसहित अन्य व्यक्तिमाथि अनुसन्धान अघि बढाएको हो।

प्राप्त विवरणअनुसार सोमबार अपराह्न नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा विद्युतीय कारलाई अख्तियारको टोलीले मध्यपुर थिमि नगरपालिका–स्थित निकोसेराको अजिमा पेट्रोल पम्प नजिक रोकेर जाँच गरेको थियो। जाँचका क्रममा गाडीभित्र ठूलो परिमाणमा नगद फेला परेपछि आयोगको टोलीले कारमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।

उक्त गाडीमा चालकका अतिरिक्त घिमिरेका भाइ नाता पर्ने भनिएका भुवन ढुङ्गेल र उनकी श्रीमतीसमेत सवार रहेको खुलेको छ। उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

नगद बरामद भएको घटनापछि अख्तियारको टोली नगरपालिकाको कार्यालय पुगेको थियो। टोलीले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई कार्यालयबाटै नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि घटनास्थलमा ल्याएको जनाइएको छ।

अख्तियारको प्रारम्भिक दाबीअनुसार बरामद भएको ३३ लाख रुपैयाँ घुसबापत प्राप्त रकम भएको र उक्त रकम व्यवस्थापनका लागि ढुङ्गेललाई जिम्मा लगाइएको आशंका गरिएको छ। यद्यपि, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले आफूले घुस लिएको भन्ने आरोप अस्वीकार गरेका छन्।

घटनापछि अख्तियारको टोलीले बरामद रकमको मुचुल्का तयार पार्ने तथा घटनासँग सम्बन्धित प्रमाण संकलन गर्ने काम गरिरहेको छ। बरामद रकमको स्रोत, यसको प्रयोजन र घटनामा संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ। यस विषयमा आयोगको आधिकारिक विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

ग्लोबल पर्वत समाजको निःशुल्क स्वास्थ्य शिविरबाट चार सयभन्दा बढ...

  • November 4, 2026

श्रम संस्कृति पार्टीको एक वर्ष : वैकल्पिक राजनीतिको उदय र जनअप...

  • November 4, 2026

मधेश प्रदेश सरकारबारे कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओली...

  • November 4, 2026

 इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडल...

  • November 4, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

  • November 4, 2026

आजको मौसम

  • November 4, 2026

ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधि खोटाङकी विनिता गुरुङलाई

  • November 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved