Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधि खोटाङकी विनिता गुरुङलाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 2, 2026
1.6KShares

काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६’ को मुख्य उपाधि विनिता गुरुङले जितेकी छन्। शनिबार राति काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा आयोजित फाइनल प्रतिस्पर्धामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले उपाधि आफ्नो नाममा पार्न सफल भएकी हुन्।

मुख्य उपाधिसँगै उनले स्कुटर पुरस्कार प्राप्त गरेकी छन्। खोटाङकी गुरुङ नेपाल राष्ट्र बैंककी उपनिर्देशक तथा अधिवक्तासमेत हुन्। उपाधि जितेसँगै उनले अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्। उनले ‘तपाईंको बजार बेस्ट पर्सनालिटी’ उपउपाधिसमेत हात पारिन्।

प्रतियोगितामा नेहा गुप्ता फस्ट रनर्सअप घोषित भइन्। उनले ‘रिबन इन्टरटेनमेन्ट म्यानेजमेन्ट च्वाइस’ उपाधिसमेत प्राप्त गरिन्। ज्योति लामिछाने सेकेन्ड रनर्सअप र सगुन खनाल थर्ड रनर्सअप घोषित भए। खनालले ‘हर्लिक्स बेस्ट फिजिक’ उपाधिसमेत जितिन्। त्यस्तै, शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल २०२६’, क्रिस्टिना ज्ञवाली ‘मिसेस कोस्मो २०२६’ र ऋचा शर्मा ‘एमएस इन्टरनेसनल २०२६’ का विजेता घोषित भए। यी तीनै विधाका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाका अनुसार मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेताले सिंगापुर तथा मिसेस कोस्मोकी विजेताले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।

यसैबीच, नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिएको छ। नेपाली चलचित्र क्षेत्रमा साढे तीन दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याउँदै आएकी सिंहलाई उनको कलायात्राको सम्मानस्वरूप उक्त उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा विभिन्न विधाका उपाधिसमेत प्रदान गरिएको थियो। सन्ध्या लामा ‘अर्ना मोस्ट इनर्जेटिक’, सुष्मा थापा ‘निभिया फ्याबुलस फेस’ र ‘केडी फोटोग्राफी मोस्ट फोटोजेनिक’, अञ्जु परियार ‘मोस्ट ट्यालेन्टेड’, शिल्पा न्यौपाने महर्जन ‘क्युटी केयर एन्ड ब्युटी हब बेस्ट हेयर’, दीप्ति ढुंगेल ‘हेल्दी स्किन’, क्रिस्टिना ज्ञवाली ‘बेस्ट र्‍याम्प वाक’ तथा ऋचा शर्मा ‘दिनाज फेसन हाउस मोस्ट पङ्चुअल’ घोषित भए।

त्यस्तै, समीक्षा रानाभाट ‘आयुथ वेदा बेस्ट स्माइल’, श्वेच्छा पौड्याल ‘रिलायबल डाइग्नोस्टिक ल्याबोरेटरी मोस्ट डिसिप्लिन्ड’, कञ्चन महर्जन ‘सेन्ट्रल फेसन एकेडेमी फेसन आइकन’, बिन्दु थापा राणा ‘मोस्ट कन्फिडेन्ट’, यास्मिन बेगम सैयद ‘मिसेस कन्जेनियालिटी’ र सुनिता श्रेष्ठ कर्माचार्य ‘मिसेस ह्युम्यानिटेरियन’ घोषित भए। प्रतियोगिताले विवाहित महिलाको व्यक्तित्व, आत्मविश्वास, प्रतिभा र नेतृत्व क्षमतालाई उजागर गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

ग्लोबल पर्वत समाजको निःशुल्क स्वास्थ्य शिविरबाट चार सयभन्दा बढ...

  • November 4, 2026

श्रम संस्कृति पार्टीको एक वर्ष : वैकल्पिक राजनीतिको उदय र जनअप...

  • November 4, 2026

मधेश प्रदेश सरकारबारे कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओली...

  • November 4, 2026

 इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडल...

  • November 4, 2026

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

  • November 4, 2026

आजको मौसम

  • November 4, 2026

मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा,...

  • November 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved