कृष्ण कुँवर (कर्नेलिएस) यूएई — यूएई नेपाली फुटबल एसोसिएशन (UNFA) ले भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि नेपाली रुपैयाँ १ लाख १ हजार ८ सय आर्थिक सहयोग गरेको छ।
भदौ १०(अगस्ट २६, २०२६)मा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावितहरूको सहयोगार्थ UNFA का केही मनकारी सदस्यहरूबाट उक्त रकम संकलन गरिएको हो।

संकलित राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको UNFA परिवारले जनाएको छ। संस्थाका सह–कोषाध्यक्ष दीपक थापामार्फत उक्त आर्थिक सहयोग पठाइएको जानकारी दिइएको छ।
विपत्तिको समयमा मानवीय सेवाका लागि आर्थिक सहयोग गर्नुहुने UNFA का सम्पूर्ण सदस्य तथा सहयोगी महानुभावहरूप्रति संस्थाले आभार व्यक्त गरेको छ।










