भरतपुर । चितवनको भरतपुर महानगरपालिका अन्तर्गत चौबिसकोटी क्षेत्रमा हिजाे राति भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको हालसम्म पहिचान खुल्न सकेको छैन। दुर्घटनापछि शवलाई आवश्यक कानुनी प्रक्रिया तथा पहिचानका लागि चितवन मेडिकल कलेजमा राखिएको छ।

मृतकको परिचय खुलाउन प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटनाको कारण र संलग्न सवारी साधनबारे थप विवरण आउन बाँकी रहेको छ।
प्रहरीले मृतकको बारेमा जानकारी हुने जो कोहीलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न आग्रह गरेको छ।
दुर्घटनासम्बन्धी थप विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने प्रहरीले जनाएको छ।










