Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

फ्लाइदुबईको पोखरा उडानले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइ दिने दूतावासको विश्वास

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 12, 2026

कृष्ण कुँवर अबुधाबी — अबुधाबीस्थित नेपाली दूतावासले फ्लाइदुबईले आगामी २३ सेप्टेम्बर २०२६ देखि दुबई–पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच दैनिक सिधा उडान सञ्चालन गर्ने घोषणा गरेकोमा स्वागत गरेको छ।

दूतावासका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) बाट पोखरा मार्गमा सेवा सञ्चालन गर्ने पहिलो वायुसेवा कम्पनीका रूपमा फ्लाइदुबईको यो पहलले नेपाल र यूएईबीचको हवाई सम्पर्कलाई थप सुदृढ बनाउनेछ। यसबाट नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरा तथा अन्नपूर्ण क्षेत्रसम्मको पहुँच सहज भई पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

दूतावासले यस नयाँ हवाई सम्पर्कलाई दुवै देशबीच पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्ध विस्तार गर्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको छ। फ्लाइदुबई र यूएई पक्षबाट देखाइएको प्रतिबद्धताप्रति प्रशंसा व्यक्त गर्दै यसबाट दुवै देशले पारस्परिक लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

यसैबीच, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सिधा व्यावसायिक उडान सञ्चालन गर्न फ्लाइदुबईले आवश्यक अनुमति प्राप्त गरेको छ। अनुमति अनुसार बोइङ ७३७ विमान हरेक दिन बिहान ८:०५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ भने ९:०५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।

आगामी असोज ७ गते (सेप्टेम्बर २३, २०२६) देखि सुरु हुने उक्त सेवा प्रारम्भिक रूपमा एक महिनासम्म दैनिक उडान सञ्चालन हुने छ। यसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्दै पर्यटन, व्यापार तथा यात्रु आवागमनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

दूतावासले यो सेवा नेपाल र यूएईबीच अझ बलियो सम्बन्ध निर्माण गर्ने दिशामा महत्वपूर्ण सुरुआत हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रावल आयोगको प्रतिवेदन ३१ वर्षपछि कार्यान्वयनमा लैजाने सरकारको ...

  • June 12, 2026

नेपाल बैंकको वेबसाइट अब अपाङ्गतामैत्री, दृष्टिविहीन तथा अपाङ्ग...

  • June 12, 2026

वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा आंशि...

  • June 12, 2026

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान जारी, ५ लाख ३८ ह...

  • June 12, 2026

आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने

  • June 12, 2026

प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि छलफलदेखि सांस्...

  • June 12, 2026
File Photo

२४ घण्टामा दुई हजार २ सय २३ सवारीचालक सवारी नियम उल्लङ्घनको का...

  • June 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved