Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मूल्यअनुसार ईभीमा करको नयाँ संरचना, ५० लाखमाथिका गाडीमा कर भार १९५% पुग्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2026
29Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले आगामी आर्थिक वर्षका लागि विद्युतीय सवारीसाधन (ईभी) मा लागू हुने कर तथा शुल्कको संरचना यथावत राख्दै मूल्यअनुसार फरक–फरक कर दर निर्धारण गरेको छ। यस व्यवस्थाअनुसार कम मूल्यका विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने तथा उच्च मूल्यका लक्जरी ईभीमा बढी कर लगाउने नीति अवलम्बन गरिएको छ।

सरकारले २० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय सवारीसाधनमा २० प्रतिशत भन्सार महसुल, २.५ प्रतिशत स्वच्छ पूर्वाधार विकास शुल्क, २.५ प्रतिशत सडक दस्तुर र १३ प्रतिशत भ्याट कायम गरेको छ। यस वर्गका सवारीसाधनमा कुल प्रभावकारी कर भार करिब ४३.३ प्रतिशत रहनेछ।

त्यसैगरी २० लाखदेखि ३० लाख रुपैयाँसम्म मूल्यका ईभीमा २० प्रतिशत भन्सार महसुल, २० प्रतिशत स्वच्छ पूर्वाधार विकास शुल्क, ५ प्रतिशत सडक दस्तुर र १३ प्रतिशत भ्याट लाग्नेछ। यस वर्गमा कुल कर भार करिब ६७.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

३० लाखदेखि ४० लाख रुपैयाँसम्म मूल्यका विद्युतीय सवारीसाधनमा स्वच्छ पूर्वाधार विकास शुल्क ३५ प्रतिशत कायम गरिएको छ। यससँगै २० प्रतिशत भन्सार, ५ प्रतिशत सडक दस्तुर र १३ प्रतिशत भ्याट जोडिँदा कुल प्रभावकारी कर भार करिब ८८.१ प्रतिशत पुग्नेछ।

४० लाखदेखि ५० लाख रुपैयाँसम्म मूल्यका ईभीमा भने स्वच्छ पूर्वाधार विकास शुल्क ९० प्रतिशत निर्धारण गरिएको छ। यस वर्गमा लागू हुने अन्य कर तथा शुल्कसमेत जोड्दा कुल कर भार करिब १५०.२ प्रतिशत पुग्ने देखिन्छ।

सबैभन्दा बढी कर भार ५० लाख रुपैयाँभन्दा माथिका विद्युतीय सवारीसाधनमा पर्नेछ। यस्ता सवारीसाधनमा २० प्रतिशत भन्सार महसुल, १३० प्रतिशत स्वच्छ पूर्वाधार विकास शुल्क, ५ प्रतिशत सडक दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ। यसरी गणना गर्दा कुल प्रभावकारी कर भार करिब १९५.४ प्रतिशत पुग्नेछ।

उदाहरणका लागि ५० लाख रुपैयाँ भन्सार मूल्य (सीआइएफ) भएको विद्युतीय सवारीसाधन आयात गर्दा १० लाख रुपैयाँ भन्सार महसुल, ६५ लाख रुपैयाँ स्वच्छ पूर्वाधार विकास शुल्क, २ लाख ५० हजार रुपैयाँ सडक दस्तुर तथा करयोग्य आधारमा करिब १७ लाख ७२ हजार रुपैयाँ भ्याट तिर्नुपर्ने हुन्छ। यसरी कुल कर रकम करिब ९७ लाख ७० हजार रुपैयाँ पुग्न सक्छ।

फलस्वरूप ५० लाख रुपैयाँ मूल्यको गाडी नेपालमा भित्रिँदा कर मात्र मूल मूल्यभन्दा धेरै हुने अवस्था सिर्जना भई अन्तिम बिक्री मूल्य झण्डै १ करोड ४८ लाख रुपैयाँसम्म पुग्न सक्ने देखिएको छ।

सरकारको यो नीतिले वातावरणमैत्री सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्दै कम मूल्यका ईभीलाई सहज पहुँचमा राख्ने प्रयास गरेको भए पनि उच्च मूल्यका विद्युतीय सवारीसाधनमा अत्यधिक कर भार कायम रहेको भन्दै व्यवसायीहरूले पुनरावलोकनको माग गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved