Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 21, 2026
21 shares

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १० सिलखेस्थित फोहोर प्रशोधन केन्द्रको व्यवस्थापनसँग सम्बन्धित विषयमा आज भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भयो ।

छलफलले स्थानीय जनताको माग र भावनाबमोजिम फोहोरमैला व्यवस्थापन दुर्गन्ध न्युनीकरण गर्न आवश्यक व्यवस्था मिलाउने, फोहोर बोक्ने गाडी छोप्ने व्यवस्था गर्ने, फोहोरको गन्ध हटाउन केमिकल छर्कने र उक्त क्षेत्रको सडक सुधार गर्नेलगायतका आवश्यक गतिविधिहरु तत्काल अगाडि बढाउने तथा अन्य साझा विषयहरुमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति र सहकार्य गरी अगाडि बढ्ने निर्णय ग¥यो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले फोहोर व्यवस्थापन संघ, प्रदेश र स्थानीय सरकारको साझा जिम्मेवारी भएको बताउँदै भक्तपुरले आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने उद्देश्यले घरघरबाट कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने, फोहोरबाट जैविक मल उत्पादन गरी कृषकलाई सहुलियत दरमा बिक्री वितरण गर्ने कार्य गर्दै आएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले फोहोर व्यवस्थापन स्थानीयवासीको स्वास्थ्य, वातावरण संरक्षण र दीर्घकालीन हितलाई केन्द्रमा राखेर कुहिने र नकुहिने अलग अलग गरी व्यवस्थापन गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीयवासीका गुनासा, सुझाव र सरोकारलाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको छ। फोहोर व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित र वातावरणमैत्री बनाउँदै स्थानीयलाई असर नपर्ने गरी आवश्यक सुधार र व्यवस्थापन गर्दै अगाडि बढ्नेछौं ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले फोहोर व्यवस्थापन देशकै चुनौतीपूर्ण विषय भएकाले यसलाई जिम्मेवार र रचनात्मक ढंगबाट समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले फोहोर व्यवस्थापनका क्रममा गन्ध न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै घटनालाई अतिरञ्जित नगरी सकारात्मक सुझावसहित रचनात्मक निष्कर्षमा पुग्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

छलफलका क्रममा उपस्थित जनप्रतिनिधि र स्थानीयवासीले फोहोर व्यवस्थापन कार्य कसैलाई पनि क्षति नपुग्ने गरी गर्नुपर्ने, सडक, करिडोर तथा अन्य पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे । त्यस्तै फोहर व्यवस्थापनमा मानव स्वास्थ्यलाई असर नपर्ने तथा अझ वैज्ञानिक र दीगो ढंगबाट फोहोर व्यवस्थापन गर्नुपर्ने साझा धारणा व्यक्त गरे ।

भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्दै साना–साना एकाइमार्फत फोहोर व्यवस्थापन प्रणाली सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

कीर्तिपुरमा जलेको कारभित्र पुरुष मृत फेला, प्रहरीले अनुसन्धान ...

  • July 21, 2026

संसदीय सुनुवाइ समितिको बैठक ११:०० बजे बस्दै

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved