काठमाडौं । उपसभामुख न्हबबबरुवी कुमारी स्वास्थ्यमा समस्या देखिएपछि उपचाररत रहेकी प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी बिहीबार अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनलाई ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा उपचारपछि घर फर्काइएको हो।
उनी बुधबार अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकहरूले परीक्षणका क्रममा उनको शरीरमा सुगरको मात्रा कम भएको पत्ता लगाएका थिए, जसका कारण उनलाई केही समय निगरानीमा राखिएको थियो।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार उपसभामुख कुमारीको स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। यद्यपि, चिकित्सकहरूले उनलाई अझै केही दिन पूर्ण आराम गर्न सुझाव दिएका छन्।
अस्पतालबाट फर्किएपछि पनि उनको स्वास्थ्य अवस्थामाथि ध्यान दिन र नियमित निगरानीमा बस्न आग्रह गरिएको छ। अहिले उनको अवस्था सामान्य रहेको र क्रमशः सुधार हुँदै गएको जनाइएको छ।










