काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रममा तनावपूर्ण अवस्था देखिएको छ। सोही क्रममा एक महिला बेहोस भएकी छन्।
प्रहरीका अनुसार बेहोस भएकी महिला रेखा कुँवर हुन्। उनलाई तत्काल उद्धार गरी एम्बुलेन्समार्फत नजिकैको अस्पताल पठाइएको र अवस्था बुझ्ने काम भइरहेको जनाइएको छ।

उता बल्खु क्षेत्रमा आज खाली गराइएको सुकुमवासी बस्ती नजिकै बागमती नदीमा एक व्यक्तिको शव फेला परेको छ। बिहान आफ्नै घर भत्किँदै गरेको दृश्य हेर्न नसक्ने भन्दै घरबाट निस्किएका ती व्यक्ति दिउँसो मृत अवस्थामा भेटिएका हुन्।
मृतक ६१ वर्षीय इन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले जानकारी दिएकी छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।










