काठमाडौं । आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कामय भएको नेपाल स्टक एक्स्चेन्ज नेप्से परिसुचक ३००० पुगेपछी सेयर बजारमा नयाँ रेकर्ड कामय भएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको थियो । पछिल्लो समय कोरोना भाइरस कोभिड १९ को महामारीको बेलामा पनि घरमै बसेर अनलाइन कारोबार गर्न सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।










