Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

श्रीमतीको नाममा एनसीसी बैंक कौडीको भाउमा कब्जा गर्दै विनोद चौधरी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 13, 2021
414 shares

काठमाडौं, जेठ । नेपालको एक मात्रै डलर अर्बपति विनोद चौधरीले जालझेल र तिकिडम गरेर एनसीसी बैंक कब्जा गर्न लागेको रहस्य खुलाशा भएको छ ।

चौधरीको स्वामित्व रहेको नविल बैंकमा एनसीसी बैंकलाई गाभ्ने तयारी भएको हो । ८ सय ६८ कित्ता मात्रै शेयर भएपनि विगत ५ वर्षदेखि सञ्चालक समितिको अध्यक्षमा रजाइँ गरेका उपेन्द्र केशरी न्यौपानेलाई नै अघि सारेर चौधरीले एनसीसी बैंक कब्जा गर्न लागेका हुन् । कांग्रेसको रुपमा परिचित न्यौपाने शाहिकालमा न्याय परिषद सदस्य भएका ‘मण्डले कांग्रेस’ हुन् । बैंकमा सबैभन्दा शेयर भएका निर्मल प्रधान र लक्ष्मी बहादुर श्रेष्ठलाई प्रवेश निषेध गरेर लाखौँ सर्वसाधरणका लगानी रहेको एनसीसी बैंक कौडीको भाउमा नविलमा गाभ्ने तयारी थालिएको हो ।

बैंक मर्जरका लागि आजै मर्जरसम्बन्धी निर्णय गर्ने विषयमा छलफल गरेको थियो । स्रोतका अनुसार मर्जरको लागि एनसीसीको एक सय कित्ता सेयर बराबर नबिलको ३५ कित्ता सेयर कायम हुने गरी सहमति गरिएको छ ।

उक्त सहमतिअनुसार मर्जर भएको खण्डमा एनसीसीको एक सय कित्ता सेयर हुनेले नबिलको जम्मा ३५ कित्ता मात्र सेयर पाउने स्रोतको दाबी छ । स्रोतका अनुसार एनसीसीले यसअघि नेपाल बंगलादेश बैंकसँग मर्जरमा जानको लागि विभिन्न तहमा छलफल गरेको थियो । त्यसको लागि एनसीसीको एक सय कित्ता सेयरबराबर एनबी बैंकको ८० कित्ता सेयर कायम हुने सहमति समेत भएको थियो तर त्यो छलफल छलफलमा नै सीमित रह्यो ।

एनबीसँगको मर्जरका बारेमा कुनै निर्णय हुन नसकेको स्रोतको भनाइ छ । ‘त्यसपछि भने एनसीसीले ग्लोबल आईएमई बैंकसँग मर्जरमा जाने विषयमा छलफल ग¥यो त्यो पनि सफल हुनसकेन’, स्रोतले भन्यो ।

यसैगरी एनसीसीले मर्जरमा जानको लागि सनराइज बैंकसँग पनि विभिन्न चरणमा छलफल गरेको र त्यो पनि सफल नभएपछि अहिले आएर नबिलसँग मर्जरमा जाने अन्तिम तयारी भएको हो ।

चौधरीको पुत्र निर्वाण चौधरी नविल बैंकको सञ्चालक समितिमा छन् । चौधरीले बैैंक हडप्न श्रीमतीलाई समेत प्रयोग गरेका छन् । सुचना चुहाएर श्रीमती सारिका चौधरीको नाममा एनसीसी बैंकको १० लाख कित्ता शेयर खरिद गरिएको खुलेको छ । सारिकाको नाममा शेयर खरिद गरेपछि नविलसँग मर्ज हुने हल्ला चलाएर एनसीसीको शेयर भाउमा अस्वभाविक बृद्धि गराइएको थियो । त्यस विषयमा धितोपत्र बोर्डले बैंकलाई स्पष्टिरण नै सोधेको थियो । हल्लापछि फेरी एनसीसीको शेयर भाउमा भारी गिरावट आएपछि पुन चौधरीले नै बजारबाट सस्तोमा शेयर उठाएका थिए । शेयर आफूले खरिद गरेपछि चौधरीले फेरी मर्जरको प्रक्रिया अगाडी बढाएका छन् । त्यस्तै एनसीसीको शेयर खरिदका लागि चौधरीले नेपाल बंगलादेश बैंकबाट ६० करोड रुपैयाँ ऋण लिएका छन् । जबकी उक्त बैंकसमेत नविलसँग मर्ज गर्ने तयारी छ । यसरी शेयर खरिद गरिनु धितोपत्र ऐन विपरित रहेको विज्ञहरु बताउँछन् ।

मर्जरमा एजेन्टको भूमिका निभाउने उपेन्द्र केशरी न्यौपानेलाई चौधरीले घरमै लगेर बाबु छोराको भेट गराएका थिए । भेटपछि नै न्यौपानेले बैंक सञ्चालक समिति तथा बैंकका संस्थापक/ठूला लगानीकर्तालाई समेत बेवास्ता गरेर मर्जर गर्ने तयारी गरेका छन् । त्यति मात्रै होइन उनले मर्जर कमिटि नै गठन नगरि अन्य कुनैपनि बैंकसँग सम्भाव्यता समेत अध्ययन नगरि नविलसँग एकलौटी रुमा गाभ्ने योजना बनाएको एक सञ्चालक बताउँछन् ।

चौधरीले नविल बैंकमा एनसीसी बैंक गाभे भने सबैभन्दा ठूलो घाटा भने नेपाल सरकारलाई पर्नेछ । नेपाल सरकारको लगानी रहेको नागरिक लगानी कोषको ४५ लाख कित्ता शेयर लगानी समेत धरापमा पर्ने भएको छ । रु ३५ को दरले हिसाब गर्दा लगानी कोषलाई ३० करोड घाटा पर्ने देखिएको छ । यदि अख्तियारले यस्तो विषयमा छानबीन गरे लगानी कोष र बैंकका उच्च अधिकारी नै जेल जाने खतरा छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

स्वतन्त्र शैक्षिक परामर्श व्यवसायीहरूको सूचना आदान–प्रदान कार्...

  • July 24, 2026

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाक...

  • July 24, 2026

धनुषामा दुई राउण्ड हवाई फायरपछि दुई भारतीय नागरिक पक्राउ

  • July 24, 2026

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

  • July 24, 2026

रास्वपाद्वारा सांसदका स्वकीय सचिव नियुक्तिमा कडा मापदण्ड, नाते...

  • July 24, 2026

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved