Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वंशले शासन गर्ने दिन गए : माधब नेपाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 2, 2024
96 shares

लमही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधब कुमार नेपालले वंशले शाशन गर्ने दिन गएको धारणा राखेका हुन् ।
एकीकृत समाजवादी दाङले आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त धारणा राखेका हुन् ।

‘राजा महाराज र तीनका दासहरुले जतिसुकै जनता भड्काउने प्रयास गरेपनि त्यो असफल हुनेछ । बाउले शाशन गर्ने, बाउ नभए छोराले शाशन गर्ने, के अब जनताले यस्तो सहन सक्छ ? सक्दैन । अब वंशले शाशन गर्ने दिन गए ।’ राजतन्त्रप्रति नेपाल आक्रमक देखिएका थिए ।

राजा महाराजाले बसिबसिकन देशको सम्पत्ति लुट्ने कुरालाई स्वीकार गर्न सकिदैन भन्दै नेता नेपालले अगाडि थपे, ‘शाशन चलाउने भए जनतामा जानुस्, पार्टी खोल्नुस् । दुःख गर्नुस् । जनताको मन जितेर आउनुस् ।’

प्रमुख अतिथिका रुपमा आफ्नो मन्तव्य राख्दै नेता नेपालले एकीकृत समाजवादी प्रति जनताले भरोसा गरेको बताए । आफ्नो पार्टी महाधिवेशन सम्पन्न गर्न लागेको बताउँदै उनले जबजको सान्दर्भिकता अझै नसकिएको बताए ।
‘जबज सकियो भन्नु बहुदलीय प्रतिस्पर्धा अस्विकार गर्नु हो । जन्मजात जबजको विरोध गर्नेहरुले मात्र यसको विरोध गर्न सक्छन् ।’ नेता नेपालको भनाइ थियो ।
त्यस्तै पूर्व मन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरेको बताए ।
‘गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेका छन् । उनीहरुको केही उपाय लागिरहेको छैन । वर्तमान गठबन्धनको विकल्प छैन ।’ चौधरीले भने ।
एकीकृत समाजवादी दाङका अध्यक्ष भुप बहादुर केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सुदन खनालले गरेका थिए । साथै उक्त भेलामा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य टोपेन्द्र केसी, विवेकशील साझाका केन्द्रीय सदस्य शरद केसी, वाइसिएल नेपालका केन्द्रीय सदस्य प्रशान्त चौधरी, नेपाली कांग्रेस दाङका क्षेत्रीय सदस्य सरिक मियाँ लगायत १४०७ जना एकीकृत समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी दाङका प्रचार विभाग प्रमुख सूर्य बिसीले बताए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved